नेपाल जेसीजको महाधिवशेन शुरु : अध्यक्षमा त्रिपक्षिय भिडन्त, बाजी कस्ले मार्ला ?

काठमाडौं । नेपाल जेसीज २०२० को नयाँ नेतृत्वका लागि आज बुधबारबाट चितवनमा राष्ट्रिय महाधिवशेन शुरु भईरहेको छ । चितवनको रत्ननगरमा हुने ४६ औं राष्ट्रिय महाधिवशेनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवशेनमा नयाँ नेतृत्वका निम्ती हुने चुनावमा त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्षमा चितवनका लोकप्रिय युवा नेता अरुणेश्वर खनाल सहित सिनेटर विकास मानन्धर र अशोक शंखर चुनावी मैदानमा होमिएका छन् ।
अध्यक्षका प्रत्यासीहरुमध्ये खनाल बिसहजारी जेसीजका पूर्व अध्यक्ष, शंखर पथरी जेसीजका संस्थापक अध्यक्ष र मानन्धर काभ्रे जेसीजका पूर्व अध्यक्ष हुन् । जेसीजको विधान अनुसार प्रत्येक वर्ष अधिवेशन मार्फत नयाँ नेतृत्व चयन हने गर्दछ । बिधान अनुसार एउटै ब्यक्तीले एकै पदमा दोहोरिन नपाउने ब्यवस्था छ । जेसिसको नेतृत्व हत्याउन अध्यक्षका तिनै जना प्रत्यासी देशब्यापी रुपमा सबै प्रतिनिधीका बीचमा आफनो प्रचारमा जुटिरहेका छन् ।
जेसिसको बिधान अनुसार निर्वाचन अगाडी जेसिजका उम्मेदवारहरुले अनिवार्य रुपमा प्रशिक्षण लिनुपर्ने हुन्छ । जसअनुरुप वाककला , नेतृत्व, ब्यक्तित्व लगायतका बिषयमा प्रशिक्षण दिइने गरिन्छ । यो प्रशिक्षणमा सहभागी नहुने उम्मेदवारमा अयोग्य ठहर्दछ । अध्यक्षका लागि खनाल, शंखर र मानन्धर तिनै जनाले प्रशिक्षण लिईसकेका छन् । नयाँ नेतृत्वका लागि मैदानमा उत्रिएका उम्ेमदवारहरु चुनावी परिणाम आफनो पक्षमा पार्न दिनरात प्रचार प्रसारमा खटिरहेका छन् । आज चार बजे नेकपाका अध्यक्ष प्रचण्डले महाधिबेशन उदघाटन गर्दैछन् ।
                                                             आजको भण्डाफोर अभियानबाट