चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि हुने ।

चितवन । चितवनको सौंराहामा प्रत्येक बर्ष गरिदै आएको चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि शुरु हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उदघाटन हुने भनिएको १६ औँ संस्करणको हात्ती महोत्सव भोली पौष १० देखि १८ (डिसेम्बर २६ देखि जनावरी ३ तारिख ) सम्म सञ्चालन हुने छ ।
पर्यटकीय नगरी सौराहामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । स्थापना काल देखि आयोजना हुदैँ आएको हात्ती दौड प्रतियोगितालाई बिगत केही बर्ष देखि हात्ती महोत्सवको रुपमा स्थापित गरिएको र यसपाली महोत्सवमा केही फरकपन आउने अध्यक्ष भट्टराईले जानकारी दिए ।
महोत्सवमा पहिलोपटक राष्ट्रियस्तरको खेल पनि समावेश गरिएको छ । यो पटकदेखि राष्ट्रिय महिला बीच भलिबल खेल थप गरिएको छ । यो भम्रण बर्ष हात्ती महोत्सवसँगैं गरिने जानकारी दिदै महोत्सवका संयोजक एव संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालले भने, विगत भन्दा केहि नयाँ प्याकेटसहितको हात्ती महोत्सव हुनेछ । यस वर्ष महोत्सवमा राष्ट्रिय महिला बीच भलिबल खेल थप गरिएको भन्दै खनालले भलिबलमा नेपाल पुलिस, एपिएफ तथा नेपाल आर्मी क्लबको महिला भलिबल खेलाडीहरुको समेत सहभागीता रहने बताए । प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार , दोस्रोलाई ३० हजार, तेस्रोहुने समुहलाई २० हजार र चौथोलाई १० हजार पुरस्कार राशि रहेको संघका कोषध्यक्ष शिवराज ढुवाडी माधवले जानकारी दिए
यस्तै हात्तीको पिकनिक लगाएतका गतिबिधी गरी हात्ती र यसको सफारी पर्यटनमा रहेको भुमिकालाई स्थापित गर्न हात्ती महोत्सव गर्न लागिएको महोत्सवका सहसंयोजक समेत रहेका युनाईटेड हात्ती सहकारी सस्ँथाका अध्यक्ष रिषी तिवारीले जानकारी दिए । जंगल र हात्तीको संरक्षण गर्दै यसबाट राज्य एवं स्थानियले पर्यटन बिकास गरी आम्दानी लिन सकिने तिवारीको भनाई छ । महोत्सवको समापन प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने कार्यतालिका रहेको संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए