यी ठग भु–माफियालाई कस्ले कार्बाही गर्ने ? सोझा सिधा आमसर्बसाधरण ठगिने क्रम बढयो, रोक्ने कस्ले ?

सुर्य बराल । चितवन २०७६ पौंष ९ गते
चितवन । यी दुई ठग भुमाफिया होमनाथ गौंतम र नबराज गुरुगं, जस्को कारण भरतपुर ६ यज्ञपुरी, चितवनका भोजराज लामिछानेको परिवार बिगत ७ बर्ष देखि आफ्नो करोडौं मुल्यको जमिन गुमाएर छटपटीदै यता र उता भौंतारिन बाध्य छन् । लामिछानेलाई मात्र होईन यी भुमाफिया ठगहरुले नेपालका दर्जनौं सोझा सिधा गाँउलेहरुलाई ठग्दै केही पैसाको प्रलोभन दिई फस्लाई फुस्लाई उनीहरुको जमिन आफ्नो नाममा ल्याई बैकंमा राख्ने, एक ब्यक्तिबाट अर्को हँुदै जग्गा नै पचाईदिने ठगीधन्दा चलाईरहेका छन् ।

आफुलाई ‘ए’ क्लासको ठेकेदार भन्दै सर्बसाधरण ठग्न पल्केका हेटौंडा घर भई काठमाण्डौ बस्ने गौतम र पोखराका गुरुगंको कारण दर्जनौँ परिवार सडकमा आउने स्थिती उत्पन्न भएको हो । मकवानपुर हेटौँडा उपमहानगर पुष्पलाल स्मृती पार्क नजिकै भब्य महल र काठमाण्डौ बानेश्वरमा भब्य महल ठडाएका गौतमले गर्दा चितवन, कास्की, मकवानपुर र बारा लगाएतका जिल्लाका सर्बसाधरणहरु ठगीने क्रम बढेको हो । माफिया गौतम र गुरुगंको कारण चितवन जिल्ला भरतपुर महानगरपालिका ५ यज्ञपुरीका भोजराज लामिछानेको चारकठ्ठा जमिन खोसिएको हो ।

गौतम र गुरुगं लगाएतका भु माफियाहरुले भोजराजको नाममा रहेको चितवन जिल्ला साविक कल्याणपुर ५ क को कित्ता नं. ११८८ को ०–१–१०–० र ऐ.ऐ कि.नं. ११९६ को ०२–१०–० गरी जम्मा चार कठ्ठा जग्गा दृष्टिबन्धकको नाममा हडपेका हुन् । पोखरा महानगर एउरपोर्ट अगाडी भब्य महल ठडाएका ५ कराड आईसी काण्डका नामुद ठग नवराज गुरुगंले शुरुमा आफनो नाममा पास गर्न लगाएको जग्गा पछि ठगदार होमनाथकै कर्मचारी इश्वर डोटेल हुँदै ६ जनाको हातमा पुगीसकेको छ ।

माफिया गौतम र गुरुगंको योजनामा स्याङ्गजा घर भई पोखरा बस्ने जित बहादुर के.सी. लगाएतले एकपछि अर्को गर्दै लामिछानेको जग्गा उनलाई थाहै नदिई चार जना ब्यक्तिको नाममा नामसारी गरी सकेका हुन् । उक्त जग्गा अन्य व्यक्तिको नाममा गईसकेको थाहापाएसँगैं भोजराज लामिछानेका श्रीमति विन्दु लामिछाने र उनका ३ छोरीहरुले जिल्ला अदालत चितवनमा मुद्धा हालेपनि अदालतले प्रमाणको आधारमा लामिछाने परिवारलाई नै पिडीत हुनेगरी फैसला गरिदियो ।

लामिछाने परिवारलाई केही लाखको प्रलोभनमा पारी भरतपुर क्यान्सर अस्पताल पछाडिको करोडौँ मूल्य पर्ने सो जग्गा हडप्ने भु माफिया गौतम र गुरुगंले नवलपुर कावासोती लगाएत अन्य स्थानका सोझा सिधा सर्वसाधारणहरुलाई अहिले पनि आफ्नो निशाना र शिकार बनाउने गरेको खुल्नमा आएको छ । उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको नाममा दर्ता रहेको अर्घाखाँची जिल्लाको नरपानीको ढुड्डा खानी देखाउदै ठग गौतम र गुरुगंले अरु दर्जनौ सर्वसाधारणसँग करोडौ रकम उठाई झ्वाम बनाएको समेत खुल्नमा आएको छ ।

कानुनको नौसिङ्ग बुझेका ठग गौतमले हरेक कारोबारमा आँफु कानुनी रुपमा नफस्ने गरी कागज गराउने गरेकाले सर्बसाधरणलाई सजिलै ठग्ने गरेको देखिएको छ ।
भु माफिया गौतमको ठगी धन्दा बढ्दै गएपछि उनिबाट प्रताडित भएकाहरुले उनलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मिटरब्याजको धन्दामा ठग गौतम
भु माफियाको रुपमा कुख्याती कमाएका होमनाथ गौतम मिटरब्याजको धन्दामा समेत सामेल रहेको खुल्नमा आएको छ । नारायणगढ, हेटौडा र काठमाडौँका कतिपय महिला तथा युवतीहरुलाई प्रयोग गरी मिटर ब्याजको धन्दा समेत सञ्चालन गर्ने गरेको खुल्नमा आएको हो ।

गौतमले हेटौडाकै एकजना श्रेष्ठ थरकी महिला मार्फत अबैध मिटरब्याजको धन्दा गर्ने गरेको श्रोतले बताएको छ । स्रोतका अनुसार ति महिलाले गौंतमको कालो धनलाई प्रयोग गरी अबैध मिटर ब्याजको धन्दा गर्ने गरेको खुल्नमा आएको हा । ग्रामिण भेगका सर्वसाधारणलाई फसाउदै ठगी धन्दा गर्दै आएका भु माफिया गौतमको कर्तुतहरको बारे सर्वसाधारणलाई ज्ञान हुन आवश्यक देखिन्छ । गौतम जस्ता भु माफियाहरुको कारण मुलुकभर हजारौ सर्वसाधारण पिडित एवं प्रताडित छन् । भु माफिया गौतमको धन्दामाथि अकुंश लगाउन ढिला गर्दा थप सर्वसाधारण ठगिने देखिन्छ । कानुनतः आफु नदेखिएर वा माथि पररे काम गर्ने हुनाले कानुनी कार्बाहीबाट यस्ता माफियाहरु सधैं उम्कदै आएका छन् ।

राजनितिक, आर्थिक र प्रशासनिक पहँुच राख्ने यस्ता माफियाहरुले गर्दा धेरैको उठिवास लागीसकेको छ । यस्ता भु माफियाहरुलाई कस्ले कार्बाही गर्ने राज्यले कि विद्रोही शक्ति वा अन्य जनसमूहले ? आम सर्बसाधरण उत्तरको पर्खाईमा छन् ।
                                                                                                    आजको भण्डाफोर अभियानबाट