सहकारीहरुलाई नियन्त्रण गर ।

सुर्य बराल/ सिदान्त एउटा ब्यबहार अर्को अहिले सहकारीको नाममा खुलेका कयौं बित्तिय कारोबार गर्ने पसलहरुको यो धन्दा नै बनिरहेको छ ।
जिल्लामा रहेका कयौं सहकारीहरुले आफ्नो कार्यक्षेत्र र सिदान्त बाहिर गएर एकातिर राज्यको नियम कानुन र एनहरुको खिल्ली उडाईरहेका छन् भने अर्कोतिर लाईसेन्स प्राप्त सुदखोरको भुमिका निर्वाहा गरिहेका छन् । सहकारी क्षेत्रमा धेरै बिकृती सिंगतिहरु मौलाउदै गएपनि नियामक निकायहरु कानमा तेल हालेर बसिरहेका छन् । नियामक निकायहरुको मौसमी अनुगमनप्रति आम नागरिकहरु बिश्वस्त हुने आधार नै देखिदैन् । केही सहकारीहरु कसैलाई नर्टेने छाडा साँडे जस्ता भएका छन् । अहिलेको संरचनागत अवस्थाको समेत कतिपय सहकारीहरुले फाईदा उठाईरहेका छन् ।
केन्द्रिय स्तरका सहकारीले स्थानिय तह र प्रदेशलाई नर्टेने, प्रदेशस्तरीयले स्थानियलाई नर्टेने समस्या बढीरहेको छ । जिल्लामा रहेका सहकारीहरुले नियामक निकायलाई नटेरेका हुन की निकायमा कार्यरतहरुकै गजबको सेटिङ्ग हो बुझिनसक्नु देखिन्छ । सहकारीको चरित्र गुमाउदै बिशुद्ध मुनाफामुखि र सुदखोर शैलीमा चल्दा सहकारी शब्दकै मजाक भईरहेपनि नियामक निकायहरु किन मुकदर्शक छन् । आम सर्बसाधरणले प्रश्न उठाईरहेका छन् ।
अहिलेपनि सहकारी क्षेत्रको अनुगमन गर्ने निकायहरु बिगतको झै बेथितीबाटै ग्रस्त देखिन्छन् । सहकारीका बिकृतीहरुरोक्दा उनीहरुको एक्स्ट्रा कमाई रोकिने भएकाले पनि बिभिन्न बाहानाबाजी गर्दै कार्बाही गर्नुपर्नेहरुलाई कार्बाही नै नगर्ने, गर्नैे पर्ने परिस्थिती आएमा देखावटी रुपमा मात्र गर्ने वा पहिल्यै सुचना चुहाई कागजी रुपमा उनीहरुलाई मिलाउन लगाउने लगाएतका भुमिका गर्ने गरेको आम गुनासो छ ।
जिल्लामा २ दर्जनभन्दा बढी सहकारी गैंह्रकानुनी शैलीमा चलिरहेको पाईएपनि क्षेत्रधिकारको कारण देखाउदै नियामक निकायहरु पन्छीने काम गरिहेका छन् । अर्कोतिर आफ्नै क्षेत्रभित्रका बेथितीहरु नियन्त्रणमा समेत उनीहरुको कुनै रुचि नै देखिदैन् ।
यसरी केही सहकारीहरु बास्तबिक रुपमा नयाँसुदखोरको भुमिकामा आईरहेकाले यस बिषयमा गम्भिर समिक्षा र केही सोच्नुपर्ने बेला आईसकेको देखिन्छ । अत् त्यस्ता गलत धन्दा गर्ने सहकारीहरुलाई तत्काल नियमन गरी आवश्यक कार्बाही गर । आजको भण्डाफोर अभियानको सम्पादकीय