हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सकिने

काठमाडौं । सरकारी वकिल र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलनले हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सक्ने विषयमा सोच्न सकिने निष्कर्ष निकालेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताले अपराध अनुसन्धानको क्रममा हिरासतमा राखी रहनुपर्ने आवश्यक र उपयुक्त नदेखिएको अवस्थामा शंकित व्यक्तिबाट धरौटी वा जमानत लिई वा हाजिर जमानीमा छाडी वा तारिखमा राखी अनुसन्धान गर्न सक्ने व्यवस्थालाई कार्यान्वयन गर्नेमा जोड दिएको छ ।

साथै अपराध अनुसन्धान, अभियोजन र न्यायसम्पादन कार्यमा सहयोग गर्ने अभियुक्तलाई सजायमा छुट दिन सकिने गरी मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताले गरेको व्यवस्थालाई कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । ४ पुसदेखि ६ पुससम्म भएको सम्मेलनले ३३ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न गरेको छ । राजधानी दैनिकबाट।