ठोरी समन्वय समाज चितवनको अध्यक्षमा पुनःकुवँर

चितवन/ ठोरी समन्वय समाज चितवन नेपालको अध्यक्षमा पुनः चक्रबहादुर कुवँर नै निर्वा्चित भएका छन् । समाजमा आज (सोमबार) भरतपुरमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिबेसनले कुवँरलाई पुनःअध्यक्षमा निर्वा्चित गरेको हो ।

कुवँरको अध्यक्षतामा निर्वा्चित २२ सदस्सीय कार्यसमितीको उपाध्यक्षमा रुद्रवीर वाँनिया निर्विरोध निर्वा्चित भएका छन् ।यस्तै सचिवमा धु्रबकुमार चापागाई, कोषाध्यक्षमा पुनः देवकी खतिवडा र सहसचिवमा धनु तिमल्सिना चयन भएका छन् । समितीको प्रवक्त्ता सदस्यमा सुदीप थापा तथा सदस्यहरुमा अनिलकुमार चापागाई तोयानाथ बुढाथोकी (सफल), सावित्री सापकोटा, राजकुमार आचार्य,अमृत कृष्ण राउत, नारायण बहादुर गुरुङ, भिम बहादुर क्षेत्री, शान्ती कुवँर, महेश पराजुली, धनु कुवँर, मनोज पौडेल, गोबिन्द प्रसादअधिकारी, मधु आचार्य, हेमाअधिकारी, बिकास कुवँर र बुद्विबहादुर अधिकारी चयन भएका छन् ।

त्यस अघी निवर्तमान सचिव धु्रब खड्काले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष देवकी खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिबेसन पछीआज नै समाजले वभोज समेत आयोजना गरेको थियो । कार्यक्रममा एक सय भन्दा बढी ठोरीबासीहरुको उपस्थिती रहेको थियो ।