अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने घले पक्राउ, तुरुन्तै जेल चलान

काठमाडौँ /अष्ट्रेलिया पठाइदिने भन्दै ७ लाख ठगी गर्ने एक व्यक्ति तुरुन्तै कारागार चलान भएका छन् ।

ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरण को फैसलाले डेढ वर्ष कैद र डेढ लाख जरिवाना सुनाईएका धादिङका चल बहादुर घलेलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमार्फत कारागार चलान गरिएको हो । फरार रहेका घलेलाई आइतबार काठमाडौँको नेपालटारबाट प्रहरीले पक्राउ गरेको थियो ।

धादिङको सेर्तुङ घर भएका घलेले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइ दिने भन्दै पीडितबाट सात लाख रकम लिएर सम्पर्क बिहिन भएका घलेलाई आज पक्राउ गरी जेल चलान गरिएको प्रहरीले जनाएको छ ।