सडक दुर्घटना न्यूनीकरणका लागि साझाको नाटक

चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि साझा युवा संगठनले भरतपुरमा आज सडक नाटक प्रदर्शन गरेको छ ।

दिनानुदिन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि सांकेतिक कार्यक्रम गरिएको संगठनका चितवन संयोजक प्रदिप उप्रेतिले बताए । व्यक्तिको लापर्वाही र भौतिक संरचनाका कारण धेरै दुर्घटना हुने भएकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको उनको भनाई छ ।

कार्यक्रम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र गिरीले युवाहरुको सचेतनामुलक कार्यक्रम दुर्घटना न्यूनीकरणका लागि निक्कै महत्वपूर्ण रहेको बताए । कार्यक्रम्मा ट्राफिक प्रहरी र संगठनमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न ट्राफिक नियम लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । संगठन साझा पार्टीको नवगठित युवा भातृ संगठन हो ।