आयातमुखि निती एवं बिचौलीयापन हावी हुदाँ पोल्ट्री उद्योग तहस नहस बन्दै 

किन राक्यो ह्याचरी उद्योगले १० दिनसम्म चल्ला उत्पादन ? माफियाहरुको कारण किसानहरु मर्कामा

सुर्य बराल/चितवन/मुलुकको एक मात्र आत्मनिर्भर भनिएको पोल्ट्री उधोगमा आयातमुखि निती एवं बिचौंलीयापन हावी हुँदा यो उधोग तहस नहस बन्दै जान थालेको छ । सरकारको स्पष्ट पोल्ट्री निती नहुनु, पोल्ट्री क्षेत्रमा बिदेशी लगानी भित्र्याईनु र ब्यबसायीहरुको बिचमा तछाड मछाड गर्ने अस्वस्थ प्रतिस्प्रधाले गर्दा समग्र पोल्ट्री क्षेत्र धराशायी बन्दै गएको हो । आयातमुखि निती एवं बिचौंलीयापनको कारण कुखुराजन्य पर्दाथ उत्पादनमा क्रमश : लागत मूल्य बढदै जाने तर लागत मुल्य अनुरुप बजार मुल्य नबढने समस्याको कारण कुखुरापालक किसान र यस क्षेत्रसँग सम्बन्धित ब्यबसायीहरु दिनप्रतिदिन धराशायी, संकटग्रस्त र बिस्थापित बन्दै गईरहेका छन् ।

केही ठुला ब्यबसायीहरुको सेन्डीकेटको कारण समेत साना ब्यबसायीहरु सिध्याउने खेल भईरहेको स्वंय ब्यबसायीहरुको स्विकारोक्ती छ । पोल्ट्री उधोगको एक हिस्सा ब्रोईलर चल्ला उत्पादन गर्ने ह्याचारीहरु समेत लागत मुल्य नपाउने अवस्था आएपछी बन्द हुने अवस्थामा पुगेका छन् । अति उत्पादन, ह्याचारी ब्यबसायीको अस्वस्थ प्रतिस्प्रधा र ह्याचारी उधोगमा बिदेशी तथा माफियाहरुको लगानीको कारण यो उधोग धराशायी बन्दै गएको ब्यबसायीहरुको भनाई छ ।

यसैबिच,लागत मुल्यभन्दा न्युन मुल्य स्थिर रहेपछी ह्याचरी उधोग संघले गत् शनिबारबाट दश दिन चल्ला उत्पादन रोक्ने निर्णय गरेको छ । भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यस्तो जानकारी दिएको हो । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको हो । मङ्सिर २९ गते देखि पौष पौंष ८ गतेसम्म १० कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डा समेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

संघको निर्णय कार्यान्वयन गराउन सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने बताईएको छ । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताए । अध्यक्ष पोख्रेलले व्यवसायीले गत् बर्षदेखि नै ब्यबसायीले प्रतिचल्ला रु २५का दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको समेत जानकारी दिएका थिए ।

नेपालमा प्रत्येक हप्ता ३० लाख जति ब्रोइलर चल्ला आबश्यक रहेपनि हाल ४५ लाख उत्पादन हुने गरेको संघले जनाएको छ । यो अति उत्पादन र सानो बजारको कारण पनि ह्याचरी उधोगमा संकट बढदै गएको ब्यबसायीहरुको भनाई छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई समेत ५० हप्तामै मासुको लागी बिक्री गर्दा उत्पादनमा केही कमी आउने सघंको अपेक्षा रहेको अध्यक्ष पोख्रेलले बताए ।

हाल कृषक बाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य रु २८० देखि ३०० सम्म रहेको छ । नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २० अर्ब लगानी रहेको र त्यस्मा आधा हिस्सा बैंकको रहेको पत्रकार सम्मेलनमा जानकारी गराईउको थियो ।

ब्रोइलरसंगै कोइलर(गिरिराज)सति नजाने ।

यता, ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै चितवनका पुराना पोल्ट्री ब्यबसायी एवं कोइलर (गिरिराज) ह्याचरी सञ्चालक देबेन्द्र श्रेष्ठले संघले ब्यक्तिको निजी लगानीमा जर्बजस्ती तोडफोड र हुलहुज्जत गर्न नहुने भन्दै ह्याचारी ब्यबसायीको कार्यक्रमको कोईलर चल्ला समेत नष्ट गर्ने गलत कार्यको बिरोध गरेका छन् । ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज)चल्ला पनि नष्ट गर्ने निर्णय गलत भएको कोइलर ह्याचरी उत्पादक बुढा निलकण्ठ ह्याचरीका सञ्चालक देबेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठले भने चितवनमा हाल कोइलर चल्ला उत्पादन गर्ने करिब ९ वटा ह्याचरी रहेको र कोइलरको मार्केट राम्रो हुदाहुदै पनि चल्ला नष्ट गर्ने कुरा नै नआउनुपर्नेमा ह्याचरी संघले गलत निर्णय गरेकोले उक्त निर्ण सच्याउन माग गरे । श्रेष्ठले ब्रोइलर र कोइलर (गिरिराज) मा निकै भिन्नता रहेको बताउदै ब्रोइलर पाल्नेहरुले दशौ हजार पनि पाल्ने गरेको भएतापनि कोइलर पाल्नेहरुले भने एक सय देखि दुइ सय सम्म मात्र कोइलर चल्ला पाल्ने गरेको बताए । कोइलर चल्ला गाउलेहरुले खासगरि लोकल कुखुरा सरहनै मानेर पाल्ने गरेको बताउदै श्रेष्ठले यो सबै ठुलो माछाले सानो माछा सिध्याउने खेलकै एउटा हिस्सा भएको र बोइलर सिध्याउदा कोइलर ब्यवसायीलाई भने नसिध्याउन आग्रह पनि गरे ।
तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने ।
यसैबिच, अण्डा उत्पादक किसानहरुलाई षडयन्त्रपुर्बक झुट्टा मुद्धामा फसाईएको भन्दै नेपाल अण्डा उत्पादक संघ र नेपाल कुखुरापालक किसान संघले बिरोध जनाएका छन् । उनीहरुले किसानहरुलाई तत्काल तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने बताएका छन् । बिचौलियाको मनपरीतन्त्र र आफुखुसी किसानमारा गतिबिधीको कारण अण्डा उत्पादक देशभरका किसानहरु बिस्थापित हुने खतरा रहेको नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिबराम केसीले बताएका छन् ।

अण्डा उत्पादक सङ्घले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पक्राउ परेका पाँच कृषकको तत्काल रिहाई हुनुपर्ने माग समेत राखेका छन्। अध्यक्ष केसीले सप्लायर्सले आफूखुशी मनपरीढगंले मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाईअतिरञ्जीत गरी कृषकलाई झुटो मुद्दा लगाई फसाउने खेल भएको भन्दै आपत्ती जनाए ।

कालो धन र बिदेशी लगानी ल्याई ठुलो किसानको नाममा केही माफियाहरुले साना किसान मार्ने खेलमा सप्लायर्सको बिल्ला भिरेर किसान सिध्याउने खेलमा लागेकोले सरकार र सरोकारवाला पक्षहरु सचेत भई माफियाहरुको षडयन्त्रलाई परास्त गर्नुपर्ने बताए । उनले किसानहरुले घाटा खाएर बेच्ने तर बिचौलीयाले १ पेटि अण्डा (७ क्रेट) मा ५ सय देखि ७ सय सम्म नाफा खाएर बेच्ने गरेको बताउदै किसानलरुले कम्तिमा पनि खोरमा मजदुरी गरेको ज्यालाा पानुपर्ने बताए ।

त्यस्तै नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले अण्डा उत्पादक क्षेत्र बिचौलीया र माफियाहरुको मुट्ठीमा पर्दै जाँदा एक मात्र आत्मनिर्भर ब्यबसाय समेत दिनप्रतिदिन धराशायी बन्दै गएको अब देशभरबाट किसान जागीसकेको बताए । उनले भने पक्राउ परेका किसाहरुलाई तत्काल रिहाई गरियोस ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ ।
                                                                                          आजको भण्डाफोर अभियानबाट