पोल्ट्री क्षेत्रमा सुधार गर

नेपालमा आत्मनिर्भर भनिएको पोल्ट्री ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको छ । यो ब्यबसाय धरासायी बन्नुमा सरकार र ब्यबसायी दुबै जिम्बेवार देखिन्छन् । ब्यबसायीहरुले सेन्डिगेट गरी उपभोक्ता ठगीरहेका छन् भने सरकारले सहि निती ल्याउन नसक्दा यो क्षेत्रमा बैदेशिक लगानी बढीरहेको छ भने कालोधन समेत भित्रिएको चर्चा चलीरहेको छ । ब्यबसायीहरु बिचमा आपसी अस्वस्थ प्रतिस्प्रधा के कति उत्पादन गर्दा स्वदेशको मार्केट खपत हुन्छ र अति उत्पादनको अवस्थामा त्यो उत्पादनको बजार के हुने भन्ने जस्ता गम्भिर बिषयमा ब्यबसायीहरु अन्योलग्रस्त देखिन्छन् । यस क्षेत्रलाई सुरधार गर्न सरकारले पनि ठोस तिी तथा योजना ल्याउन सकेको देखिदैन् । केही ठुला ब्यबसायीहरुको मनपरितन्त्रले कुखुरापालक किसानहरु मरिरहेका छन् । एकातिर कुखुरापालक किसानहरु धरापमा पर्दै जाने अर्को तिर बरु माटोमा गाड्ने तर कम मुल्यमा नदिने ब्यबसायीहरुको दलाल पुजिँबादी चरित्रको कारण उपभोक्ताहरु भाउ घटदा पनि महङ्गोमा किन्नुपर्ने र भाउ बढदा झन बढी भाउ तिर्नुपर्ने बाध्यतामा छन् । न किसान न उपभोक्ता यसरी दुबै पक्ष ठगीने अनि बिचौलिया र माफियाहरु मात्रै मोटाउने कार्य यो क्षेत्रमा बढदै जानु दुःखको कुरा हो । आम जनताले समेत आत्मनिर्भर ब्यबसायको नाममा कुखुराजन्य उत्पादनमा आफ्नै उत्पादनलाई प्राथमिक्तामा लिई घरेलु उत्पादनलाई प्रयोग गरिसकेपछी भाउ घटदा कम मुल्यमा खान पाउनुपर्दछ । अनि भाउ बढदा किसानले बढी मुल्य पाउनुपर्दछ । तर यस्तो किन हुदैन त भन्दा यस क्षेत्रमा केही ठुला ब्यबसायीहरुले माफिया शैली अपनाईरहेका छन् । अनि सप्लार्यसको नाममा बिचौलियापन हावी भईरहेको छ । यसर्थ यस क्षेत्रमा रहेको यस्ता खराब प्रबृतीहरु रहेसम्म यो क्षेत्र सुध्रस सक्दैन् । अत्ः के कसरी सुधार गर्नुपर्दछ त्यस्को बिस्तृप्त अध्धयन गरी पोल्ट्री क्षेत्रमा सुधार गर ।