चितवन सहित देशभर हुस्सु र चिसो बढ्यो

चितवन /चितवन सहित देशभर मंगलबारबाट हुस्सु र चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज बिहानैबाट चिसो बढेको हो । चितवनसहित देशका सम्पूर्ण भुभागमा मंगलबार बिहानैबाट हल्का हुस्सु र कुहिरो समेत लागेको छ । यसले जनजिवन केही प्रभावित भएको छ ।
पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् । सो वायुको प्रभावले चितवनसँगै आज देशभर नै चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।