मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार पौडेलको मृत्यु !

चितवन/ पुस १/चितवनको इच्छाकामना गाँउपालिकामा आज ९मंगलबार० साझ सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–७ भालुुटारस्थित भित्री सडक छेउमा रोकी राखेको मोटरसाइकलाई गाडीले ठक्करदिँदा गाडीमा सवार एक जनाको मृत्यु भएको हो ।

साझ ७ः१५ बजेको समयमा रोकी राखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको तरकारी बोक्ने गाडीले ठक्कर दिँदा अनियन्त्रित भइ गाडी नै नालीमा पल्टिएको थियो । गाडीमा सवार रत्ननगर नगरपालिका–१० बैरिया बस्ने ३५ वर्षीय सुरज पौडेल गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा राती ८ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई र दुबै सवारी साधालाई आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएको छ ।