विचौलीयाको कारण अण्डा किसान मर्कामा :पक्राउ परेका किसानहरुलाई तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने ।

सुर्य बराल/चितवन /बिचौलियाको मनपरीतन्त्र र आफुखुसी किसानमारा गतिबिधीको कारण अण्डा उत्पादक देशभरका किसानहरु बिस्थापित हुने खतरा रहेको कुखुरापालक किसानहरुको साझा सँस्था नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिबराम केसीले बताएका छन् ।

अण्डा उत्पादक सङ्घले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पक्राउ परेका पाँच कृषकको रिहाइ तत्काल रिहाई हुनुपर्ने माग समेत राखेका छन्। अध्यक्ष केसीले सप्लायर्सले आफूखुशी मनपरीढगंले मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाईअतिरञ्जीत गरी कृषकलाई झुटो मुद्दा लगाई फसाउने खेल भएको भन्दै आपत्ती जनाए।

उनले अण्डा उत्पादक क्षेत्र बिचौलीया र माफियाहरुको मुट्ठीमा पर्दै जाँदा एक मात्र आत्मनिर्भर ब्यबसाय समेत दिनप्रतिदिन धराशायी बन्दै गएको आरोप लगाए । कालो धन र बिदेशी लगानी ल्याई ठुलो किसानको नाममा केही माफियाहरुले साना किसान मार्ने खेलमा सप्लायर्सको बिल्ला भिरेर किसान सिध्याउने खेलमा लागेकोले सरकार र सरोकारवाला पक्षहरु सचेत भई माफियाहरुको षडयन्त्रलाई परास्त गर्नुपर्ने बताए

उनले किसानहरुले घाटा खाएर बेच्ने तर बिचौलीयाले १ पेटि अण्डा ९७ क्रेट० मा ५ सय देखि ७ सय सम्म नाफा खाएर बेच्ने गरेको बताउदै किसानलरुले कम्तिमा पनि खोरमा मजदुरी गरेको ज्यालाा पानुपर्ने बताए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ ।