विश्वकर्मा बचतले दियो क्रिकेट रंगशाला बनाउन एक लाख

चितवन/मंसिर ३०/ विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

सहकारीले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो क्रममा बोल्दै धुर्मुसले यो सहयोग फाउण्डेशनका लागि नभइ चितवनकै विकासका लागि भएको बताए । उनले यसैगरि जिल्लामा सहयोगको बाढी आए रंगशाला तोकिएकै समयमै निर्माण सम्पन्न हुने बताए ।