चितवनमा सरर विद्युतबाट चल्ने कार भित्रियो ।

चितवन, मंसिर ३०/पेट्रोल तथा डिजलबाट चल्ने मात्र कार रहेकोमा चितवनमा आजदेखि विद्युत्बाट चल्ने कार भित्रिएको छ । एमजी गाडीको चितवनका लागि आधिकारिक विक्रेता अर्क मोटर्स प्रा।लि।ले चितवनको बजारमा विद्युत्बाट चल्ने कार भित्र्याएको हो । नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुममा आज ९सोमबार० एक कार्यक्रमकाबीच नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले विद्युत्बाट चल्ने कार ‘एमजी जेडएस इभी’ सार्वजनिक गरेका हुन् ।

सो क्रममा बोल्दै अध्यक्ष पाठकले नेपालका लागि विद्युत्बाट चल्ने कार सुहाउँदो रहेको बताए । अर्क मोटर्स प्रा।लि।का अध्यक्ष खिमनारायण पराजुलीले अटोको क्षेत्रमा चितवन परिचित नाम भएकाले चितवनवासीका लागि विद्युतीय कार ल्याइएको बताए ।
यस कारको मुल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस कारको व्याट्री ८ वर्ष वारेन्टी रहेको छ । यस्तै ६ वटा एयर व्यागले कारमा सवार सबैलाई सुरक्षित बनाइने छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ५ का अध्यक्ष मनिश कुमार जोशी, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चितवन अटोमोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।