मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ, केहीबेरमा प्रहरीले सार्बजनिक गर्दै

सुर्य बराल । चितवन । मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको एक होटल सञ्चालकद्वय श्रीमान श्रीमती सहित काठमाण्डौकी एक महिला समेत पक्राउ पेका हुन् ।

प्रहरीले उनीहरुलाई बिहिबार राती नै पक्राउ गरेको हो । पक्राउ परेका मध्ये २ जना मुग्लीन र एक जना जुगेडीको होटल सगरमाथाबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीले हिजो आईतबार नै पाँच दिनको म्याद थप गरिसकेको छ । उनीहरुलाई पिडीत एक युवतीको जाहेरीमा मानबबेचबिखन मुद्धा चलाईएको

चितवन प्रहरीका एसपी दानबहादुर मल्लले भण्डाफोर अभियानलाई जानकारी दिए । यस घटनाको बिबरण सार्बजनिक गर्न प्रहरीले अहिले १२ बजे पत्रकार सम्मेलन गर्न को आयोजना गरेको छ ।