उपनिर्वाचन २०७६ : चितवनमा नेकपालाई नराम्रो धक्का, तिनै वडामा काँग्रेस बिजयी

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई चितवनमा ठुलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएपछी नेकपालाई ठुलो धक्का लागेको हो ।

भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेसका उमेद्धवारहरु विजयी भएसँगै नेकपा चितवनले उपनिर्वाचनमा नराम्रो पराजय ब्योहोरेको हो । भरतपुर महानगर १६ मा काँग्रेसका अमृतराज हमाल ३१८३ मत प्राप्त गरी विजयी भए । उनले नेकपाका भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गरेका हुन् ।

यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुगं विजयी भएका थिए । यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपाका चतुरमान गुरुङसंग ६४ मतको झिनो अन्तरले पराजित हमालले यसपाली भने दुई पार्टी मिली बनेको नेकपाका उमेदवारलाई हराएका हुन् । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो । भरतपुर १६ को नतिजाले नेकपा चितवनलाई मात्र होइृन सिगों पार्टीमै खैलाबैला मच्चीएको छ ।

त्यस्तै खैरहनी नगरपालिका ४ मा काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मतअन्तरले पराजित गरे ।
यता, खैरहनी नगरपालिकाकै ५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्म्द्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । यस अघिको निर्वाचनमा पूर्वीचितवनको खैरहनी नगरपालिका–४ र ५ मा नेपाली काँग्रेस नै विजयी भएको थियो ।

नेकपा चितवनले दुई पार्टीको भोट जोडी चितवनका तिनै तहमा आफुहरुको बिजय निीश्चत भईसकेको बताईरहेको भएपनि चुनाबी परिणामले जनता कुनै पार्टीको अण्डरमा हुदैनन् भन्ने देखाईदिएको छ । अर्कोतर्फ यो नतिजाले नेकपाको केन्द्रमै धक्का दिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्र्रिय सभाकी सदस्य पार्बती रावल सभासद तथा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे लगाएतका बरिष्ठ नेताहरुको दौडधुप र मेहनेतको बाबजुद चितवनमा नेकपाको यस्तो परिणाम आएसँगै नेकपाको केन्द्रमै धक्का पुगेको छ ।

पार्टीले नयाँ रणनिती र संगठन तथा शेली परिर्वतन नगरेमा आगामी चुनाबमा झन ठुलो पराजय ब्योहर्नुपर्ने आंकलन हुन थालेको छ । खैर यो चुनावको परिणामले नेकपा चितवनलाई जनताको भावना बुझ्न र आगामी दिनमा थप मेहनेत गर्नुपर्ने प्रष्ट भएको छ ।