मुगु जिल्लाको सोरु गाँउका महिलाको मिल देख्ने सपना अधुरै !

शुक्रराज आचार्य/मुगु /जिल्लाको सोरु गाउँपालिका १० धैनकोटमा बसोबास गर्ने महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । बिगत लामो समय देखि परम्परागत शैलीबाट गाउँ घरमा ढुङ्गाको ओखल र पानी घट्टबाट कुटानी पिसानी गदै आएका महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । देशमा स्थानीय सरकार बनेपछि आफुहरुले स्थानीय सरकारबाट बिकास र निकास पाउने आशा थियो धैनकोटका स्थानिय महिला दिदिबहिनीहरलाई, तर त्यो आशा यतिका समयसम्म पनि स्थानीय सरकारले गाँउमा एउटा मिलसम्म नदिएपछी अहिले निराशामा बदलिएको छ । बिगतमा स्थानीय चुनावताका विभिन्न पाटीका नेता तथा उम्मेदवारहरुले रोएको बच्चालाई फकाउन ललिपप दिएझै आफुहरुलाई दिएका बाचा तथा प्रतिबद्धता देखाएर चुनाव जितेका नेताहरु अहिले देखा पर्नु त परका कुरा कार्यलयमा पनि फर्केर आउदैनन् । गाँउपालिकामा आएको बजेटको रकम पनि नेताहरु आफैले झ्वाम्प पारि काठमाडौ,कोहोलपुर, सुर्खेत र सदरमुकाम गमगढीमा बस्दै आएको स्थानीयको आरोप छ । धैनकोटका महिला दिदिबहिनीहरुले मिल देख्नु त कहाँ हो कहाँ ढिकिको ओखल समेत उपभोग गर्न बाट बन्चित भएको महिलाहरुको भनाइ छ । महिला दिदीबहिनीहरुले २१औ शताब्दीमा पनि आफुहरुले बाजे परबाजेको पालाझै कुटानी पिसानीमा दुस्ख गर्न परेपछि आम गाउँ बासी महिलाहरुले गाउँपालिकामा कुटानि पिसानी मिलको माग गरको पनि बर्षौ भईसक्यो तर गाउँपालिकाले महिलाहरुको मागलाई खासै कार्यान्वयनमा लगेको देखिदैन् । महिलाको मागलाई मध्यनजर गदै सोरु गाउँपालिका वडा नम्बर १० ले मिल सन्चालनको लागि बजेट विनियोजन गरेको पनि लामो समय बितिसक्यो । वडा अध्यक्ष धर्मराज जैसीले यसमा कुनै चासो नदिदा कामले गति लिन नसकेको स्थानीय युवाको आरोप छ । सरकारको सुखि नेपाली समृद्ध नेपालको नारा, मुगुका गाँउहरुलाई हेर्दा नारामा नै सिमित देखिन्छ । दुर्गम सोरुका आम महिलाको दुःख र पिडा जिउका तिऊ छन् । विगत देखि वर्तमानसम्म आई पुग्दा पनि कुटानि पिसानीमा दुःख पाउन बाध्य र बिवस छन् । आखिर यी सोरुबासी महिला दिदिबहिनीहरुको दुःख र पिडामा मलमपट्टी कहिले लगाउने ? यसैबिच, सोरुका महिला दिदिबहिनीहरुको मिल देख्ने सपना कहिले पुरा हुन्छ भनी हामीले सोध्दा सोरु गाँउपालिकाका अध्यक्ष जैसीले धैनकोटका बासिन्दालाई मिल आबश्यक नभएको गैह्रजिम्बेवार जवाफ फर्काए । –आजको भण्डाफोर अभियान साप्ताहिकबाट