वाख्रापालनवाट मासिक लाखौ कमाउदै भण्डारी 

बि.बि. श्रेष्ठ/तनहुँ/भानु नगरपालिका वडा नं ६, डाँडाथोक निवासी मान वहादुर भण्डारीले व्यवसायिक वाख्रा पालन गरि माशिक लाखौ कमाई गर्नु हुन्छ । २०६१ सालवाट व्यवसायिक वाख्रा पालन गर्दे आउनुभएको भण्डारीले अन्य व्यावसायिक वाख्रा पालन गर्ने कृषकलाई समेत वोयर लगायतका वाख्राका जातहरु विक्री गर्दे आउनुभएको छ । नेपाल देश नै कृषिप्रधान देश भएकोले देशमा नै केहि गर्ने आत्मविश्वास भएकोलाई कृषिमा प्रचुर सम्भावना वोकेको वताउनुभएको भण्डारीले हाल वाख्रा पालन गर्ने हो भने माशिक लाखौ कमाउन सकिने वताउनुभयो । करिव ५ रोपनी क्षेत्रफलमा व्यवासायिक कृषि पालन गर्दे आउनुभएको कृषक भण्डारीले कृषिका लागी नेपाल उर्वर भुमि भएको वताउनुभयो ।
बाख्रा लगाएतका पशुपालन ब्यबसायलाई आधुनिक र व्यवसायिक रुपमा गर्ने हो भने कुनै पनि युवाहरु विदेश जानु नपर्ने वताउनुहुने भण्डारीले हाल करिव २०० वाख्रा पालन गर्नु भएको छ । कुनै कुनै वाख्राको मुल्य करिव २ लाख सम्म पर्ने वताउने भण्डरीले विगतदेखि नै विभिन्न कृषकलाई वाख्रा पालन सम्वन्धि तालिम दिदै आउनुभएको र कोहि व्यवसायिक वाख्रा पालन गर्न चाहनेलाई उचित तालिम दिन पनि सकिने जानकारी दिनुभयो ।


वाख्रापालनमा निरन्तर कार्य गरेको हुनाले व्यवासयिक रुपमा सफल भएको वताउनुभएको भण्डारी जिल्लामा सफल कृषकका रुपमा चिनिनुहुन्छ । २०२३ सालमा जन्मेर २०६१ सालदेखि निरन्तर व्यवासायिक रुपमा बाख्रा पाल्दै आउनुभएका भण्डारीले देशमा नै केहि गर्ने हो भने कृषि पेशामा लाग्न उचित हुने वताउनुभयो । विभिन्न जातका वाख्रा पालन गर्नुभएको भण्डारीको वाख्रा फारममा विभिन्न क्षेत्रवाट अवलोकनका लागी कृषकहरु आउने गरेको उहाँले वताउनुभयो । देशको अर्थतन्त्र नै कृषि भएको हुदाँ कृषिमा नै आफुलाई लाग्न आफु पै्ररित रहेको भण्डारीको भनाई छ । नेपाली सेनावाट अवकाश प्राप्त भण्डारी यो पेशाले आफुलाई सन्तुष्टि मिलेको वताउनुहुन्छ । सानो लगानीवाट शुरु गरेको भण्डारीको वाख्रा फारममा हाल ३ करोड वरावरको भेडावाख्रा रहेको भण्डारीले जानकारी दिनुभयो । वजारको लागी वाहिर भौतारिन नपर्ने यो व्यवसायका लागी वाख्रा खरिदका लागी विभिन्न जिल्लावाट समेत आउने गरेको उहाँले वताउनुभयो । व्यवसायिक रुपमा पशुपालन गर्नुभएका भण्डारीले व्यवसायिक रुपमा सुन्तला खेती पनि छ । भण्डारीको बाख्रा फार्म स्वदेशमै केही गर्छु भन्नेका लागी एउटा गतिलो उदाहरण समेत बनेको छ । –आजको भण्डाफोर अभियान साप्ताहिकबाट