सुरक्षा सर्तकर्ता बढाउ ।

देशकै मध्यभागमा अवस्थित चितवन अति संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लामा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिएको छ । गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु, गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिनुले चितवनको सुरक्षा अवस्था सुढृढ गर्नुपर्ने देखिन्छ । त्यो पेस्तोल कस्को थियो र कुन प्रयोजनको निम्ती त्याँहा ल्याईएको थियो त्यसले थप सर्तकर्ताको माग गर्दछ । चितवनमा बिगतदेखि सुस्ताएको गुण्डागर्दीले बिस्तारै टाउको उठाउन शुरु गरेको छ । अबैध मिटरब्याजी देखि अबैध ढुकुटी सञ्चालक र हुण्डी कारोबारीले मात्र होईन लागुऔंषध कारोबारीहरुले समेत चितवनलाई केन्द्र बनाई गैरकानुनी गतिबिधीहरु बढाईरहेको सुचनाहरु आईरहेपनि राज्यका सुरक्षा निकाय त्यति संबेदनशिल देखिदैन । जिल्लामा कुनैपनि बेला केही घटना हुनसक्ने परिस्थीती बनिरहेको छ । यस तर्फ चितवन प्रहरी, प्रशासन कार्यलय र स्थानिय सरकार सचेत र चनाखो बन्नुपर्ने देखिन्छ । अबैध धन्धावाल र गुण्डागर्दी लगाएतका ग्रैंहकानुनी कार्य गर्नेहरुको पहिचान गरी उनीहरुको गतिबिधीलाई प्रहरीले सुष्म निगरानी बढाउनुपर्ने देखिएको छ । भगवान भरोसामा सुरक्षा अवस्थालाई छोड्नु कदाचित सुशासन हुन सक्दैन । भित्र भित्र सेटिगंमा हुने अबैध धन्दाको जालो नच्यातेसम्म चितवन सुरक्षित हुन सक्दैन् । अहिले पनि भित्रभित्रै ग्रैंहकानुनी असुली र गुण्डागर्दी भईरहेको छ । जिल्ल प्रहरीमा आएका कुटपिटका घटनाहरुलाई दलिय शक्तिको आधारमा नजरअन्दाज गर्दा त्यस्ले भबिश्यमा क्षति हुन सक्छ । गुण्डाहरु दलको छत्रछाँयामा नयाँ ढंगले असुली धन्दा चलाईरहेका छन् । प्रहरीले त्यस्ता पात्र र प्रबृतीहरुलाई नामेट बनाउने बिशेष योजना र अभियानको थालनी नगरेसम्म चितवनमा सुरक्षा खतरा बढी नै रहन्छ । अत् ः सुरक्षा सर्तकर्ता बढाउ । –आजको भण्डाफोर अभियान साप्ताहिकबाट