चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल प्रकरण थप शंकास्पद बन्दै

प्रकाश चन्दलाई फसाउन खोजिएको हो या फेक ईन्काउन्टरको नाममा गैंरकानुनी हत्याको षडयन्त्र, बिस्तारै पर्दा खुल्ने ।

सुर्य बराल । चितवन । चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले बिशेष सुचनाको अधारमा पेस्तोल फेला पारेको प्रकरण थप शंकाष्पद बन्दै गएको छ । गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको बतायो । तर पेस्तोल कसको हो भन्ने अझै खुलेको छैन् । होस्टलका सुरक्षा गार्डले हतियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । पेस्तोल कस्ले किन कुन प्रयोजनको लागी कलेजको होस्टेल परिसरमा राख्यो भन्ने आम कौंतुहलता बिस्तारै आम आशंकामा परिणत भईरहेको छ ।
चितवन मेडिकल कलेजले अभिभावकको ढाड सेक्नेगरी लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै बिगत लामो समयदेखि चिकित्सा शिक्षा संर्घष समितिको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु निरन्तर आन्दोलनमा छन् । आन्दोलनरत बिधार्थीको माग पुरा गरी कलेजले शुल्क समयोजन गर्ने बाध्यात्मक रुपमा सहमति गरेपनि कार्यान्वयन गर्न आलटाल गर्दै आईरहेको छ ।
मेडिकल शिक्षामा भईरहेको ब्रम्हलुट र बेथितीका बिरुद्ध आन्दोलनको नेतृत्व गरेका प्रकाश चन्दलाई फसाएर आन्दोलनलाई तुहाउन कलेज प्रशासन शुरुबाटै लागिरहेको स्वंय बिधार्थीहरुको आरोप छ । आन्दोलनलाई असफल पार्न राज्यकै निकायमा पदासिन केही ब्यक्तिहरु भित्रभित्रै कस्स्एिर लागिरहेका छन् ।
मेडिकल क्षेत्रमा भईरहेको मनपरितन्त्र र लुटतन्त्र विरुद्ध चितवनबाट सुरु भएको आन्दोलन वीरगञ्ज र भैरहवा हँुदै देशभर फैलीने क्रममा छ । सोही क्रममा आइतबार अभिभावक सहित बिधार्थीहरुले वृहत प्रदर्शन गर्ने योजना थियो । तर त्यस्को पुर्बसन्ध्यामा रचिएको षडयन्त्रमा प्रकाश चन्दको बन्दुक साबित गराई उनलाई फसाउनु थियो या फेक ईन्काउन्टरको नाममा प्रकाश चन्दको गैरकानुनी हत्या गरी दोहोरो भिडन्तको नाटक मञ्चन गर्नु थियो त्यो अहिले नै यहि भन्न सक्ने स्थिती छैन् । यधपी षडयन्त्रकारीले बिधार्थी आन्दोलनमा राज्यकै दमन गराउने बाताबरण निर्माण गर्न खोजेको भने सामान्य रुपमा बुझ्न सकिन्छ ।
विद्यार्थीहरुलाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली राखेर भेटिएको भनेर आतंक मच्चाएको हो वा कलेज सञ्चालककै योजनामा यो षडयन्त्र भएको हो वा यो षडयन्त्रको पछाडी अरु कसैको हात छ अहिल्यै यहि भन्न सकिन्न तर प्रकाश लक्षित घटना हो भन्ने भाही सहजै बुझिन्छ । चिकित्सा शिक्षा संर्घष समितिका संयोजक समेत रहेका प्रकाश चन्द प्रतिबन्धीत नेकपाका सर्बोच्च नेता नेत्र बिक्रम चन्दका छोरा हुन । उनले आम बिधार्थीलाई समेटेर उठाएको आन्दोलनले मेडिकल क्षेत्रका माफियाहरुको निद उडेको छ । कतै तिनै माफियाहरुले रचेको षडयन्त्र त् होईन पेस्तोल काण्ड ? गम्भिर आशंका पैदा भएको छ । अर्कोतिर सर्लाहीमा कुमार पौंडेलको गैंह्रकानुनी हत्या गरी ईन्काउन्टरको रंग दिने गिरोहहरुलाई प्रयोग गरी माफियाहरुले रचेको क्रुर षडयन्त्र त होईन थप आशंका बढेको छ । खैर जे होस षडयन्त्रकारीको षडयन्त्रको राम्रैसँग पर्दाफास भईसकेको छ । यो घटनाले प्रकाश चन्दको सुरक्षा खतराको संबेदनशिलतालाई समेत उजगार गरिदिएको छ । जो जसको योजना भएपनि हातहतियार जस्तो संबेदनशिल बस्तु भेटिएको घटना त्यतिकै सेलाउन दिन हुदैन । त्यो पेस्तोल कस्को थियो र कुन प्रयोजनको निम्ती त्याँहा ल्याईएको थियो हामी थप खोजीनिती गर्दै जानेनै छौं । षडयन्त्रको पर्दा बिस्तारै खुल्दै जाने नै छ । –आजको भण्डाफोर अभियान साप्ताहिकबाट