काठमाडौँमा वर्षेनि यसरी १० हजारको ज्यान जान्छ

काठमाडौं । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायु पदूषण । यो समयमा जसरी ताक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् ।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालीटी इन्डेक्स मापन गर्दै आएका छन् । एक साताको तथ्यांकले उपत्यकाको वायु प्रषूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ ।

सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्यु दरमा वायु प्रदूषण पाँचौ कारक रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ । नागरिक दैनिकमा यो खबर छ ।