उबासंघ चितवनको अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत ।
उधोग बाणिज्य संघ चितवनको निर्वाचनको मिती नजिकिएसँगै चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै चुनाबको तयारीमा जुट्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष पदमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । चितवनका पुराना एवं स्थापित ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । दुई दशक अघिदेखि नारायणगढमा ब्यबसाय सञ्चालन गर्दै आएका कडेल ईलोक्ट््रोनिक्स ब्यबसायी संघको पुर्ब अध्यक्ष तथा सल्लाहाकार समेत रहिसकेका छन भने यस अघिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । उधोग बाणिज्य संघमा यस अघि नै दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएका कँडेल ब्यबसायीको बिचमा लोकप्रिय नाम हो । बिभिन्न सामाजिक संघसस्थामा नेतृवदायी भुमिका निभाएका कडेल सफल ब्यबसायीमा गनिन्छन् ।
यस अघि नै हालका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र पुर्ब बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ आगामी निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने सार्बजनिक भईसकेको छ । यस सँगै उबासंघ चितवनको अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । उधोग बाणिज्य संघ चितवनको आगामी पौष मसान्त अघि नै निर्वाचन हुने छ ।