खानेपानी व्यवस्थापन बोर्डले गर्यो क्रिकेट रङ्गशालालाई सहयोग

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको निम्ती सहयोग गर्ने क्रम बढीरहेको छ । यहि क्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पनि धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माणधिन रङ्गशालालाई आर्थिक सहयोग गरेको छ ।

बोर्डले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई आज सहयोग रकमहस्तान्तरण गरेको हो । बोर्डको तर्फबाट ६४ हजार ६६ रुपैयाँ तथा बोर्डका कर्मचारीहरुको तलबबाट ८६ हजार नौ सय ३४ रुपैयाँगरि एक लाख ५१ हजार रुपैयाँ कट्टेललाई प्रदान गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्माणधानीन रङ्गशाला नेपालको गौरवको आयोजना भएकाले सबैले सहयोग गर्नुपर्ने बताइन् ।

हस्तान्तरण गरिएको रकम बुझदै कार्यक्रममा सिताराम कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम युद्धस्तरमा अगाडि बढेको बताए ।अहिले क्रिकेट खेल्नका लागि पिच निर्माण भइरहेको उल्लेख गर्दै पिच निर्माणपछि प्याराफिट र अन्य संरचना निर्माण गरिने उनले बताए ।