चीनको सफाई :नेपाली भूमि एक इन्चपनि अतिक्रमण गरेका छैनौं

काठमाडौं/नेपाल र दक्षिणी छिमेकी भारतबीच नेपालको लिम्पीयाधुरा लेपुलेक र कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला उत्तरी छिमेकी मित्रराष्ट््रचीन पनि बोलेको छ । चिनले नेपाली भूमि आफूले अतिक्रमण नगरेको सफाई दिएको छ ।

चिनले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताए । ‘केही गैरजिम्मेवार सञ्चार माध्यम र समूहले चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेका छन्’ बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता वाङले भने, यो आरोप आधारहीन छ, चीनले एक इन्चपनी नेपाली भूमि मिचेको छैन ।

’सही के र गलत के भन्नेमा मानिसहरु दिग्भ्रमित पार्न यस्तो प्रचार गरिएको उनले बताए ।
नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको उनले प्रष्ट पारे।