भरतपुर नारायणगढमा घरधनीको मनपरितन्त्र बढदै

शतप्रतिशत भाडा बृद्धि प्रथाले गर्दा ब्यबसायी मर्कामा, अनुगमन र कार्बाही कस्ले गर्ने ?

चितवन । चितवनको नारायणगढ बजार क्षेत्र, भरतपुर हाईट, चौबिसकोठी मालपोतचोक लगाएतका क्षेत्रका घरधनीहरुको बर्षैपिच्छेको मनपरि भाडा बढाउने प्रबृतीले ब्यबसायीहरु आजीत मात्र होईन दिनप्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । यो क्षेत्रका घरधनीहरु भाडा बढाउने अस्वस्थ प्रतिस्प्रधामा नै उत्रिएको पिडीत ब्यबसायीहरुको गुनासो छ ।

घरधनीहरुको यस्तो मनपरितन्त्रले गर्दा ब्यबसायीहरु बिस्थापित समेत बन्दै जान थालेपनि नियामक निकायले अनुगमन र कार्बाही गर्न ढिलाई गर्दा ब्यबसायीहरु चरम मर्कामा परेका हुन् । भण्डाफोर अभियानलाई प्राप्त सुचना अनुसार नारायणगढको शहिदचोकका एक घरधनीले शतप्रतिशत भन्दा बढी भाडा बढाउन ब्यबसायीलाई दबाद दिएको बुझिएको छ । नारायणगढको शहिदचोकदेखि बेलचोक जाने मुल बाटोमा चोकबाट ५० मिटरको हाराहारीमा रहेको सो घरका नयाँ घरधनीले घर किने लगत्तै भाडा बढाउन खोजेको एक पिडीत ब्यबसायीले दुखेसो पोख्दै भने । उनले भने घर किनेको एकहप्ता नहुँदै नयाँ घरधनीले अत्याधिक मात्रमा घरभाडा बढाउने कुरा गरे, हामी ब्यबसायीले एक्कासी यत्रो भाडा किन भनेर सोध्धा बस्न मन नभए खाली गर भन्दै घरधनीले धम्क्याए ।

ति घरधनी हुन नारायणगढको शहिदचोकमा बिगत चार बर्षदेखि जय श्रीकृष्ण सुनचाँदी पसल चलाएर बसेका लेखराम बि.क. । बिकले हालै नेपाली मुलका अमेरिकन नागरिक कृष्णभाई प्रधानसँग शहिदचोकमा रहेको करिब ६० कोठाको चारतले घर खरिद गरेका हुन् । बिकलेगत् भाद्र २० गते घर पास गरेलगत्तै ब्यबसायीहरुलाई २५ गते नै भाडा बढेको उर्दी जारी गरेका थिए । १३ सटर सहित १६ जना ब्यबसायी भाडामा रहेको सो घरमा बस्ने ब्यबसायीहरुले एक बर्ष नहुँदै डबल भन्दा बढी भाडा दिनुपर्ने भएपछी नेपाल घरबहाल उपभोक्ता मञ्चलाई गुर्हान पुगेको देखिन्छ । मञ्चमा ब्यबसायीहरुले सामूहिक रुपमा भाद्र ३१ गते नै निबेदन दिएको र असोज १ गते निवेदन दर्ता गरिएको नेपाल घरबहाल उपभोक्ता मञ्चका अध्यक्ष हरि शर्मा पौंडेलले जानकारी दिए । निवेदन आएलगत्तै आफुहरुले घरधनी बिकलाई कार्यालयमा उपस्थित गराई मनलाग्दी भाडा नबढाउन निर्देशन दिएको अध्यक्ष शर्माले बताए ।

मञ्चका पुर्ब अध्यक्ष एवं विबाद समाधान समितीका संयोजक दुर्गा गौतमले घरधनी बिकले समस्या समाधान गर्न आलटाल गरिरहेकोले मञ्चले घरधनीका बिरुद्ध कार्बाहीमा उत्रने बताए । दुई दुई बर्षमा १० प्रतिशतका दरले भाडा बढाउने नियम भएपनि बिकले १ बर्ष नहुँुदै ११३ प्रतिशतसम्म भाडा बढाउन खोजेको भन्दै नियमबिपरित ब्यबसायीलाई जर्बजस्ती भाडा बढाउन खोजेमा ब्यबसायीहरुले प्रतिकार गर्ने बताए ।

कर छलीको आशंका ।
यसैबिच, नारायणगढका धनाढ्य प्रेमकुमार श्रेष्ठका आफन्त पर्ने अमेकिन नागरिक प्रधानको उक्त घरको भाडा यस अघि श्रेष्ठकै म्यानेजरले उठाउदै आएका थिए । बिगतबाटै घरधनीले भाडा अनुसारको बहालकर नतिरेको स्वंय ब्यबसायीहरुको आशंका छ । अझ रोचक कुरा त् के छ भने बि.क.ले करिब डेढ करोडमा कारोबार भएको उक्त घर खरिद बिक्रिमा समेत ब्यापक मात्रमा कर छली भएको हुनसक्ने जानकारहरु बताउछँन् ।

भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको जानकारी अनुसार १८ करोड मध्ये बिकले जनता बिकास बैक नारायणगढबाट रु ७ कराड लोन लिएको देखिन्छ भने अन्य रकम अमेरिका के कसरी पठाईयो त्यो रहस्यमय देखिन्छ । श्रोतका अनुसार त्यसको ब्यबस्थापन श्रेष्ठले नै गरिदिएको र शुरुमा बाँकी रु ११ करोड रकम माच्छापुछे्र बैंक, देव विकास बैक, गरिमा बैंक र पछी हुण्डी मार्फत अमेरिका पठाएको हुनसक्ने बुझ्नमा आएको छ । चितवनमा बिगतदेखि हुण्डीको कारोबारमा सम्लग्न गिरोहले नै उक्त रकम अमेरिका पठाएको हुनसक्ने श्रोतको दाबी छ ।

यसरी नै अन्यघरधनीहरुले पनि बहालकरदेखि खरिदबिक्रिमा समेत न्युन रकम देखाई कराडौं कर छली भईरहेको भएपनि स्थानिय निकाय देखि राज्यका अन्य निकायहरु बेखबर जस्तै बसिरहेका छन् । नारायणगढ–भरतपुर क्षेत्रका घरधनिहरुले ब्यापक मात्रामा घरबहाल कर छलि गरिरहेको भए पनि भरतपुर महानगरपालिकाले त्यस्तो प्रभावकारी कदम चाल्न नसकेको चर्चा भईरहेको छ । घरधनीहरुले ब्यबसायीबाट घरबहाल बापत मोटो रकम लिए पनि घरबहाल कर भने न्युन मात्रामा बुझाउने गरेका हुन् । उनीहरुले त्यो न्युन रकम समेत व्यवासयीहरुबाट भराइरहेका छन् ।

व्यवसाय गरी रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई मनासिव कर तिर्ने व्यवासयीहरुलाई वर्षै्पिच्छे मनलाग्दी भाडा वृद्धि गरी ढाड सेक्ने घरधनीहरुलाई कस्ले कहिले कार्बाही गर्ने ? अनि करोडौमा खरिदबिक्रि कारोबारमा लाखौं राजस्व स्वाहा हुँदापनि किन कार्बाहीको अभियान चलाउन सक्दैन महानगर र राजस्व अनुसन्धान बिभाग ? व्यवसायीबाट लिएको भाडा रकमको दश प्रतिशत रकमको समेत कर तिर्न आनाकानी गरी लाखौँ बहालकर छली गर्ने धनाढ्यहरुलाई कहिलेसम्म उन्मुक्ति ?

                     यस बिषयमा महानगरको कर शाखा, राजस्व अनुसन्धान बिभाग, सम्पति सुद्धिकरण बिभाग लागाएतका निकायहरुले अनुगमन र अनुसन्धानलाई बढाउनुपर्ने हो की ? भण्डाफोर अभियानबाट