चितवन प्रहरी कार्यालयभित्र छरपष्ट भेटिएको रक्सीका खाली बोतल : कस्ले खायो त्यो महंगो रक्सी ?

प्रहरी कार्यालयभित्र जेसुकै गतिविधि भएपनि अनुमति नलिई फोटो खिच्न पाइदैँनः चितवन प्रहरी

चितवन/ चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरु भेटिएको छ । न्युज २४का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सुर्य बरालले उक्त रक्सीका बोतलहरुको फोटो खिचिरहेको अवस्थामाआफ्नो कार्यालय परिसर भित्रको जस्तोसुकै गतिविधिको अनुमति विना फोटो भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वयलाई केही बेर नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरु पत्रकारले फोटो खिच्न खोजेपछि नियन्त्रणमा लिदै प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले कार्यालय हाताभित्र जे कार्य भएपनि बिना अनुमति फोटो खिच्न नपाउने भन्दै सई कृष्णप्रसाद सिलवाल लगाएतका प्रहरीहरु लगाएर पत्रकारलाई आदाघण्टा बन्धक बनाई राखेका हुन् ।

दिउँसो १ बजेको समयमा प्रहरी कार्यालय पुगेका शर्मा र बरालमाथि अनुमति नलिई रक्सीको बोतलको फोटो खिचेको भन्दै प्रहरीद्वारा दुब्र्यवहार भएको हो । पौडेलले पत्रकारसँग प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने भन्दै दम्भ प्रर्दशन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमति बिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ ।

पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएपछी पौडेलको निर्देशनमा खिचेको भिडीयो र फोटो डिलिट गर्न लगाईएपनि पत्रकारहरुले आफुहरुले फोटो खिचेर कुनै गल्ती नगरेकाले डीलिट नर्गने जर्बजस्ती गर्न चाहे प्रहरीले गरोस तर हामी डर देखाउदैमा डिलीट गर्दैनौ बरु परे हिरासतमा राख्नु भनेपछी प्रहरी हच्कीएको थियो।

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । पत्रकारहरुले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार संकलनको लागि गएका पत्रकारले प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट अवस्थामा फोटो तथा भिडीयो लिएका थिए। प्रहरी कार्यालय भित्रबाट निस्केको पलाष्किका फोहोर समेत भित्रै जलाइने गरिएको पाईएको छ । कार्यालय भित्र मदिरा सेवन गरेर अन्य फोहोरसँगसँगै ल्याएर मदिराका बोत्तल फालिको फोहोर देख्दै प्रस्ट हुन्छ ।
प्रहरी कार्यालयभित्र ड्युटी समय भन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन् तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरु छरपस्टै देख्न सकिन्छ । अझ यस विषयमा डीएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय ब्यक्त गरे ।

कहाँबाट आयो चितवन जिल्ला प्रहरी कार्यालयभित्र कसले कहँबाट ति महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको ? भन्ने विषयमा भने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोजे । आम नागरिकको सुरक्षाको लागी खट्ने राज्यको सार्बजनिक सुरक्षा निकायको कार्यालय हाताभित्र मदिराका दर्जनौं खाली बोतलहरु भेटिनु चिन्ताको बिषय हो । अझ पत्रकारलाई समेत जोरजर्बजस्ती बन्दक बनाउन खोज्ने चितवन प्रहरीको शैली हेर्दा थप चासो र प्रहरीले गर्ने कार्य सम्पादनमाथी प्रश्नचिन्ह खडा भएको छ । त्यस्तै चितवन प्रहरीका हाकिमहरु समेत मदिरामा लठ्ठ भई बस्ने गरेको आशंका बढेको छ । यस बिषयमा प्रहरी संगठन संवेदनशिल बन्नुपर्ने देखिन्छ ।