रेडियो शिवशक्तिको चौथो र पाँचौ साधारणसभा सम्पन्न, संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित

शुक्रराज आचार्य

 

 

 भरतपुर। शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित सामुदायिक रेडियो, रेडियो शिवशक्ति ९८थोप्लो ३ मेगाहर्जको चौथो र पाँचौ साधारणसभा आज बुधबार होटल रोयल व्याङक्वेट, चोकबजारमा सम्पन्न भएको छ । संस्थाको चौथो र पाँचौ औ साधारणसभाको अवसरमा संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित हुनु भएको छ । सस्थागत विकाशमा योगदान पु¥याउनु भएको भन्दै सो संस्थाका अध्यक्ष भिम प्रसाद पोख्रेल र कार्यक्रमका प्रमुख अतिथी ओम प्रसाद पोख्रेलले म्यानेजर पौडेललाई सम्मान गर्नु भएको हो ।                                  सम्मानित पौडेलले संस्थालाई सफलताको शिखरमा पु¥याउन आफु एक कदम पनि पछाडी नपर्ने बताउँदै, नजिकिदै गरेको नेपालीहरुको महान चाँड विजय दशमी तथा शुभदिपावलीको रेडियाका संचालक समिती सदस्य,शेयर सदस्य,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,व्यापारीक प्रतिष्ठान, विज्ञापनदाता सबैलाई हार्दिक शुभकामना व्यतm गर्नुभयो । कार्यक्रमको उदघाटनमा बोल्दै भरतपुर महानगरपालिका १४ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले चोक चोकमा बसेर कुरा काट्ने र काम नगर्ने प्रवितिले गर्दा केही समय रेडियो सञ्चालनमा बाधा भए पनि अहिले दक्ष र अनुभोवी व्यत्ति जो संस्थाका हर चुनौतीलाई सहजै समाधान गर्न सक्ने हुँर्दा रेडियो शिवशक्तिले पछिल्लो समय पश्चिम चितवनमा छुट्टै चहलपहल दिएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष पोख्रेलले आफु १४ नम्बर वडाको विकासमा प्राथमिकताका साथ अगाडी बढेको बताउँदै, आउदो बर्ष शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित रेडियो शिवशक्तिको घर बनाउने पैसा वडा कार्यालयले हेर्ने र रेडियो शिवशक्तिलाई पश्चिम चितवनकै नमुना बनाउने उद्यघोष पनि गनुभयो ।  त्यस्तै, भरतपुर महानगरपालिका ६ का वडा अध्यक्ष हरीविलास कोईरालाले शिबनगरमा रहेको रेडियो शिवशक्ति शिबनगरको मात्र नभई, पश्चिम चितवनकै बासिन्दाको लागी गहनाको रुपमा साबित् भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी समेत रहनु भएका कोईरालाले लडेर उठेको रेडियोलाई अझै सक्रिय र प्रभाबकारी बनाउँन आफु र आफ्नो वडा सधै तन, मन र वचनका साथ लागी पर्ने बताउँनुभयो । त्यस्तै संस्थाको कानुनी सल्लाहाकार उद्यव लोहनीले रेडियो शिवशक्तिले महिला शक्तिलाई बढी ताकत दिएको बताउँदै, उहाँले आफ्नो तर्फबाट संस्थालाई गर्ने सहयोगको अपेक्षा सधै गर्ने बताउँनुभयो । अर्का संस्थाका सल्लाहाकार संयोजक बन्दसिङ्ग गुरुङले संस्थाको हकहितका लागी आफु रातदिन नभनी अहोरात्र खटेको बताउँदै संस्थाका सबै सेयर सदस्यहरुलाई हातमा हात मिलाएर अगाडी बढ्न आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका १४ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेल र भरतपुर महानगरपालिका ६ का वडा अध्यक्ष हरिविलास कोईरालालाई संस्थाका अध्यक्ष भिम प्रसाद पोख्रेलले मायाको चिनो प्रदान गर्नुभएको छ ।                            कार्यक्रम सञ्चालन संस्थाका सचिव गोबिन्द शर्माले गर्नुभएको थियो उक्तm कार्यक्रमको समापन संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापती भिम प्रसाद पोख्रेलले गनुभयो । कार्यक्रममा रेडियाका संचालक समिती सदस्य,शेयर सदस्य,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,व्यापारीक प्रतिष्ठान,पत्रकार, स्थानिय लगायतको सहभागिता रहेको थियो ।