Breaking News

एनसेललाई ‘छुट दिने’ न्यायाधीशलाई महाअभियोग लगाउन नेकपाका सांसद बानियाँको माग 

 

 सत्तारुढ नेकपाका सांसद मोहन बानियाँले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर छुट हुने गरी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद्‌को शून्य समयमा बोल्दै उनले न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गराई पारित गराउनुपर्ने बताए । न्याय क्षेत्रले धेरैपटक आफ्नो क्षेत्राधिकार मिचेर रक्षक हुनुको साटो भक्षक भइरहेको भन्दै सांसद बानियाँले महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

               एनसेलको पुँजीगत लाभकरसँग सम्बन्धित विषयमा भदौ ९ गते सर्वोच्च अदालतले जरिवाना मिनाहा हुने गरी फैसला गरेको थियो । सर्वोच्चको फैसलासँगै एनसेल करिब १८ अर्ब रुपैयाँ कर दायित्वबाट मुक्त भएको अनुमान गरिएको छ । तर, यसको चाैतर्फी आलोचना भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमेत संलग्न इजलासले गरेको फैसला उल्ट्याउँदै ५ न्यायाधीशको इजलासले एनसेललाई लाभकर तिर्नुपर्ने जानकारी पाएको मितिले मात्र जरिवाना लाग्ने फैसला सुनाएको थियो ।

सर्वाेच्चले संक्षित आदेशमार्फत् यस्तो फैसलाको जानकारी गराएको हो । तर, यो फैसलाको पूर्णपाठ तयार हुन भने बाँकी नै छ ।

sahid diwas