माउन्टेन टि.भी.का पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

चितवन, साउन २१/माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । नारायणगढको बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका उनी केठाबाट बाहिर ननिस्किीएछीखाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमारी घर भएका पत्रकार पुडासैनी माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा समेत काम गरेका थिए । अहिले उनका आफन्त आएसँगै घटना बारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ