१४ नंम्बर वडा भरतपुर महानगरकै प्रथम बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा

भरतपुर महानगरपालिकाको वडा नं१४ बाल श्रम मुक्त वडा घोषणा भएको छ । महानगरपालिका भएपछी १४ नं वडालाई महानगरकै पहिले बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बाल अधिकारको संरक्षण गरौं, बालश्रम मुक्त समाजको निर्माण गरौं भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो । महानगरपालिका प्रमुख रेण दाहालले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्दै अन्य वडाहरुले पनि १४ नं बाट धेरै कुराहरु सिक्नुपर्ने बताईन । बालबालिकाहरुलाई श्रममा भन्दा शिक्षँमा जोड गर्नुपर्ने बताउंदै महानगर प्रमुख दाहालले छिट्टै अन्य वडालाई पनि बालश्रम मुक्त वडा घोषणा गर्दै समग्र चितवनलाई नमुना जिल्लाको रुपमा विकास गर्नुपर्नेमा जोड दिने बताईन । बालश्रम मुक्त वडा घोषणा, मुल आयोजक समिति भरतपुर। १४ , भरतपुर उपमहानगरपापिलका, जिल्ला बाल कल्याण समिति, भरतपुर, युनिसेफ नेपाल लगायतका संघ संस्थाहरुको आयोजनामा भरतपुरको वडा नं। १४ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । सो अवसरमा विभिन्न महिला तथा आमा समूह, १४ नं। वडाका विभिन्न विद्यालयहरु, नागरिक समाज, विभिन्न राजनितिक पार्टीका प्रतिनिधि, लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । बालबालिकाहरुलाई श्रमबाट मुक्त गर्न सकियो भने समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख , विभिन्न राजनितिक पार्टीका नगर तथा वडा प्रमुख, लगायतले बोलेका थिए । सो अवसरमा ¥यालीको समेत आयोजना गरी १४ नं। वडाका विभिन्न स्थानहरु परिक्रमा गर्दै बालश्रम विरुद्धका सन्देशहरु समेत प्रवाह गरिएको थियो । कार्यक्रम वडा नं। १४ का अध्यक्ष् ओम प्रसाद पोखे्रलको अध्यक्षतामा सम्पन्न भएको थियो ।