नेपालको विविधता लाभदायी कि विखण्डनकारी ? 

दक्षिण एसियामा रहेका केहि भुपरिवेष्ठित दे्शहरु जस्तै नेपाल पनि प्राकृतिक सम्पदाले धनी एक भुपरिवेष्ठित देश हो । उच्चतम् आर्थिक क्रान्ति गरेर विश्वमा कहलिएका दुई ठूला देशहरु चिन र भारतको बिचमा रहेको यो सानो देश विश्व चिनारीको हिसाबले महान् छ । यो सगरमाथाको देश हो, सगरमाथाको नामले परिचित छ । भगवान् बुद्धको जन्मथलो, बुद्धको देश हो, बुद्धको नामले चिनिन्छ । यहा“ रहेको बहुजाती, बहुभाषा, बहुधर्म, बहुसंकार र संस्कृति यस देशको बलियो चिनारी हो । यति सानो देश भए पनि यहा“ करिब १२३कथित जाती र १२५ भाषा, संस्कृति विद्यमान रहेका छन् । विश्वका जुनसुकै कुनाका मानिसलाई पनि यो सानो देश पृथक लाग्छ । यस भित्र पृथकता भएर नै त पृथक लागेको हो । मानिसले चाहे अनुसारको भौगोलिक, सांकृतिक, धार्मिक र मानवीय जीवनशैली विविधता देखाउन सक्नु नेपालको एक रोचक विशेषता हो । यहा““ आएर एउटा पर्यटकले विविध संस्कार, संस्कृति, चालचलन, रितिरिवाज, धर्म, कर्महरु नजिकबाट नियाल्न पाउ“छ । यो देशको विविधता उच्च प्रशंसनीय छ ।
यो देशको विविधता जति गौरव गर्न लायक छत्यति नै मात्रमा स्वयंम् देशलाई अभिसाप र खतरनाक बन्दै गईरहेको छ । यसले यो समाज र देशलाई पारेको असर पनि कम चुनौतिपूर्ण छैन् । यहा“को समाज समुदायगत रुपमा विभाजन भएृ स“गै हरेक काम काज गर्नको लागि निकै कठिन छ । जसरी यहा“को जनसमुदाय विभिन्न जातजाती, भाषाभाषी, धर्म र संस्कारमा टुक्रिएका छन् । त्यसरी नै यहा“को सोच, विचार टुक्रिएको छ, मनिसहरुको मन र भावना टुक्रिएकोछ ।यिनीहरु व्यक्तिवादी, जातीवादी, धर्मवादी, समुदायवादी र नस्लवादी भएका छन् । यि मानिसहरु आफ्नोको लागि कालोलाई सेतो र सेतोलाई कालो भन्न पनि पछि पर्दैनन् । आफ्नोलाई स“धै राम्रो देख्ने तर अर्काको भने स“धै कमजोर देख्ने परिपाटी छ । यो सबैभन्दा खतरानाक पक्ष छ । यो उग्रवादी चिन्तनले समाजलाई खल्र्याप्पै खाएको छ भन्दा अतियुक्ति नहोला । यसो ह“ुदा समाज स“धै सद्भावपूर्ण र पारस्परिक सह–सम्बन्धमा रह“दैन् । यहा“ कति सम्म भने कुनै खास कथित समुदाय हु“दै अर्को समुदायलाई बढि लाभ हुने गरि विकास हु“दै छ भने आफ्नो समुदाय वा जाती नभएकै कारण त्यो विकास हुन दिईन्न र रोकिन्छ । त्यस्ता विकास अल्मलाएर गर्वमा नै तुहाईन्छ । यो गलत परिपाटी पनि विविधताकै कारण समाजमा मौलाउ“दै गएको छ ।
यसरी हरेक विकासका कार्यक्रम विस्तार वा कार्यान्वयन गर्न यो देशमा निकै कठिन छ । आखिर जे जस्तो भए पनि विकास सकरात्मक उपलब्धिकै लागि हुन्छ । यस्ता विकासका कामलाई सम्पन्न गराउन सबै समुदायले केहि गुमाएर भने पनि अगाडी बढाउनु पर्छ । तर त्यस्तो नभई एकाध बाहेक धेरै धर्म, संस्कार र जाती नमिलेकै कारण धेरै विकासका कामहरु रोकिइका दृष्टान्त हाम्रो समाजमा छन् । यस्ता विकास निर्माणका काम रोकिंदा समुदाय वा जातीहरु बिचमा हुने वैमन्स्यता वा कलह पनि डरलाग्दो हुन्छ । यस्तै कारणले तत्काल वा दिर्घकालिन असर निम्त्याउनुको साथै साम्प्रादायिक युद्ध, लडाईं वा झगडा पनि हुन सक्छ ।
अर्को तर्फ नेपालको विविधताले मानिसलाई जातीवादी, समुदायवादी, व्यक्तिवादी र नश्लवादी बनाएको छ । मानिसहरुले हरेक काम गर्न लाग्दा आफ्नो समुदायलाई अग्रभागमा राख्छन् । अथवा कुनै पनि काममा आफ्नो समुदायलाई सक्ने भन्दा बढिदिन खोज्छन् र कतिपय अवस्थामा दिईन्छ पनि । जबकीसमुदायलाई आवश्यक नै नहु“दा पनि अवसरको दुरुपयोग गरेर आफ्नालाई रिजाउने नाममा ठूलै हिस्सा दिईन्छ । यसले गर्दा हाम्रो समाजमा हरेक कामको प्रतिफल सबैले प्रयोग गर्न पाउने सम्भावना निकै कम रहेको छ । कुनै कामको प्रतिफल लक्षित वर्गले बराबरी उपयोग र प्रयोग गर्न पाउ“दैनन्, जुन समुदायको बाहुल्यता छ, त्यहि समुदायले बढि उपयोग गरेको पाईन्छ ।खासमा सार्वजनिक ठाउ“मा भएको कामको प्रतिफल सबैले समान रुपले पाउनु पर्छ, भन्नुको सट्टा आफ्नाले मात्र पाऊन् र आफ्नाले मात्र पाउ“दा रमाउने, हामीले जित्यौं भन्ने वा खुसीले गद्गद् हुने स्थिति हावी भएको छ । फलस्वरुप विविधताले यहा“का मानिसमा विस्तारै–विस्तारै कुन्ठा र विखण्डन निम्त्याउ“दै छ ।
यो देशमा उच्च ओहदामा रहेकाहरुले त झन विविधतालाई टेकेर शक्ति र सत्ताको व्यापक दुरुपयोग गरेका छन् । यिनीहरु नाताबाद, कृपावाद, जातीवादको लागि मात्र आफ्नो धेरै जसो समय खर्चने गर्दछन् ।आफ्नालाई भने पछि अरुलाई असम्भव भनेका काम पनि तत्कालै भित्र भित्रै सम्पन्न गरेर पठाउने परिपाटी व्याप्त छ ।पहु“च र सत्तामा भएकाले त यहा“जे गरे पनि हुन्छ । कथित आफ्नो जातीको लागि उनीहरु जे पनि गर्न सक्दछन् तर अरुको लागि हैन् । यहा“ त कुनै मानिसले जघन्य अपराध गरेको छ र उक्त मानिसको नाता पर्ने वा जात मिल्ने मानिस सत्ता वा पहु“चवाला छ भने उसको अपराध त्यसै मिनाह गराउने सम्मको काम भएको छ । मानौं कुनै अपराध गर्ने अपराधी त राष्ट्र प्रमुखनै भए पनिअपराधी नै हुनु पर्ने हो तर यहा“ त्यस्तो हु“दैन । आफ्ना वास्तविक अपराधीलाई लुकाउन कुनै सर्वसाधरण मानिसलाई जवरजस्त अपराधी बनाईन्छ अथवा एकनिर्दोष मानिसलाई म नै हो अपराधी भन्नको लागि पैसा दिएर किनिन्छ । नेपालआफ्नाको लागि अपराधी क्रिन्ने राष्ट्र बन्दै गएको छ । यसको एक दृष्टान्त निर्मला पन्तको बलत्कार पछि हत्या र वास्तविक हत्यारा पत्ता नलाग्नु तर निर्दोष मानिसलाई हत्यारा हु“ भन्ने बनाईयो, भन्ने खबर बाहिरिनु । त्यसैले त यहा“ केहि मानिस शक्ति र सत्ताको आडमा जस्तो सुकै घटना घटाउन पनि पछि हट्दैनन् । जसको फलस्वरुप आज समाजमा सामाजिक अपराध अथवा विकृति, विसंगतिहरु दिन प्रति दिन बढ्दै गएको छ । यस्ता आपराधिक घटनाहरु मध्ये केहि बाहिर आएका छन् भने धेरै भित्र–भित्रै पैसाले समाप्त गराउने गरेका छन् । विविधता वा बहु पहिचान पाएका कथित धेरै जातीहरु जसको शक्ति र सत्तामा पहु“च छैन्, उनीहरु आफूलाई स“धै असुरक्षित ठान्दछन् । उनीहरुको सोचाई पनि यस्तो बनेको छ कि, हाम्रो मान्छे ठाउ“मा छैन्, हामीलाई जसले जे गरे पनि हामी के गर्न सक्छौं र ।
जुन समुदाय हिजोबाट पहु“चमा रह“दै आयो, उनीहरु अरुलाई स“धै कमजोर ठान्दछन् र कुनै पनि अवसर पनि आफ्नालाई मात्र दिने गर्दछन् । र ठाउ“मा पनि आफ्नैलाई पु¥याउ भन्ने ठान्छन् । फलस्वरुप उनीहरु आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मिक र अन्य सबै हिसाबले अगाडी छन् । आज देशमा भएका धेरै जसो उद्योग, कलकारखाना, ठूला हस्पिटल, स्कुल, कलेज, संचारगृह, अपार्टमेन्ट, व्यापारिक महल लगायत धेरै चिज उनीहरुकै छ । तरहिजोबाट नै पछाडी रहेका समुदायका मानिसहरु आज धेरै जसोस्वदेशमा नै रहेका छन् उनीहरु उनै पह“चवालाहरुको श्रमिक बनेका छन् र केहि खाडी मुलुक गएर जीवन चलाउने काम गरेका छन् । उनीहरुमा केहिलाई त बिहान बेलुकाको छाक टार्न पनि हम्मे–हम्मे छ । यदि यहा“ पनि विश्वका विकसित देशहरुमा झैं मानिसहरुले खुल्ला मनले आफ्नो क्षमता अनुसारको काम पाईन्थ्यो भने एक त देशको विकास हालको भन्दा बढ्न सक्थ्यो, अर्को त युवाहरु सबै चिज त्यागेर विदेशिनु पर्दैनथ्यो । यहा“ पहु“च हुनेले जागिर खाने हो वा केहि गर्ने हो, भन्ने कुरा हाम्रा युवाहरुको दिमागमा परेको छ । त्यसैले दैनिक सयौं युवा खा“डी मुलुक पुग्छन् । हुन पनि यहा“ राम्रो जागिर खान वा केहि गर्न पहु“चवालाकै आशिर्वाद लिनु पर्छ । यहा“ कुनै कामको लागि उम्मेद्वारको योग्यता र क्षमता हेर्नुको सट्टा ऊ आफ्नो समुदायको हो कि हैन वा आफ्नो मान्छे पर्छ कि पर्दैन भनेर हेरिन्छ । त्यसैले यो देशको विविधता फलिफाप भन्दा बढि अभिसाप बनेको छ ।
यो देशलाई विविधताकै जगमा विकसित र माथि उठाउने हो भने विविधतालाई उचित ढंगले उपयोग गर्न सक्नु पर्छ । यहा“को विधमान कथित जातलाई ठूलो, सानो, उच्च, निच नभनी समान अस्तित्व रहेको स्वीकार गर्दै हरेकको फरकपनलाई देशको समृद्धिस“ग जोडौं ।मानव निर्मित जात वा मानिसले बनाएको जात र पुस्ता, पुर्खा एउटै भएका हामी हजारौं पुस्तामा फरक(ग्याप) बढ्दै गए पछि प्रत्येकले केहि नया“ गर्न खोज्दा विविधता जन्मिइको हो । यसरी जन्मिइको विविधतालाई हामीले युगान्तकारी परिवर्तन वा मानिवीय विकासमा प्रयोग गर्र्नु गरौं न कि सम्प्रादायिक लडाईं, झगडा वा विखण्डनमा होईन । जति बेला सम्म विविधता भित्र पनि एकलजातीय मनपरीतन्त्र चलिई रहन्छ तब सम्म देशमा अशान्ति, बन्द, हड्ताल, लडाईं, झगडा भई रहन्छ । त्यसैले विविधता भित्रको सबै अस्तित्वलाई समान हक प्रत्याभुत गराऊ“ र विविधताबाट फलिफाप पाऊ“, चेतना भया †