उप–प्रमुख लामाले गरे निर्माणाधीन जेपी मार्गको अनुगमन

१७ असार, राप्ती । राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ । राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो । चौकिडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगलटाडीँ हुदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरि कुल १ करोड लागतमा निर्माण भइरहेको उप–प्रमुख लामाले जानकारी दिए । सो सडकको एक खण्डमा मंगलबारबाट आरसीसी ढलान सुरु गरिएको र एक सातामा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर सारु मगरले जानकारी दिए । सडकमा ६ इन्च मोटाई र ६ मिटर चौडाईको आरसीसी ढलान गरिएको छ । राप्ती नगरपालिकाको पहाडी वडाहरु १०, ११, १२ र १३ बाहेकका सबै वडामा आरसीसी ढलानसहितको सडक निर्माण तिव्र गतिमा भइरहेको उप–प्रमुख लामाले बताए । नगरकै नमुनाको रुपमा लिईएको सडकलाई गुणस्तरिय र पक्कि बनाउन आरसीसी ढलान गरिएको उनले बताए । दुई खण्डमा निर्माण भइरहेको जेपी मार्गका लागी राम बहादुर सारु मगर र लिलाराज बर्ताैलाको अध्यक्षतामा दुई वटा उपभोक्ता समिति गठन गरि धमाधम काम भइरहेको छ । सडकको कामहरु यसै आर्थिक बर्षभित्र सकिनेछ ।