चितवनको भण्डाराबाट २२० केजी गाँजा बरामद

चितवन, असार १७/ चितवन प्रहरीले जिल्लाको राप्ती नगरपालिका भण्डाराबाट २२० केजी गाँजा बरामद गरेको छ । विशेष सचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरबाट उक्त गाँजा बरामद गरेको हो ।

ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । बरामद गाँजा, टिपर र चालकलाई मंगलबार नैं जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको आचार्यले बताए ।

इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । २०७६ वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४०० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।