हुरीले बिचल्लीः कच्ची घरजति एउटै बचेनन्


कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घन्टा चलेको थियो ।
मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ मजगाउँका वीरबहादुर चौधरी र टीकापुरका लाहुन चौधरी छन् । कुखुराको खोर हेर्न गएका लाहुन हुरीले पर्खाल ढाल्दा गम्भीर घाइते भएका थिए ।

टीकापुर अस्पतालमा प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार जस्तापाता र कच्ची ९० प्रतिशत घरका छाना उडेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।