नेकपामा नबआगन्तुकलाई अवसरै अवसर : पार्टी प्रबेशसँगैं अस्ट्रेलियाको राजदूत पद उपहार !

काठमाडौं, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अन्य पार्टीबाट आउने नबआगन्तुकलाई अवसरै अवसर प्राप्त हुने गरेको छ । त्यसको पछिल्लो उदाहरण केही समयअघि नेपाली काँग्रेशबाट नेकपा प्रवेश गरेका महेश दाहाललाई पार्टीले अस्ट्रेलियाको राजदूत पद उपहार दिएको हो ।
नेपाली कांग्रेस परित्याग गरी गत् चुनाबको पुर्बसन्ध्यामा नेकपा प्रवेश गरेका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष समेत हुन् । चितवन स्थायी घर भएका दाहाललाई सरकारले अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको बुझिएको छ।
पार्टी प्रवेश गर्ने क्रममै दाहाललाई उचित जिम्मेवारी दिने प्रचण्डले घोषणा गरेका थिए । पुर्ब शर्त अनुरुप नै दाहाल राजदुत नियुक्त भएका हुन् ।