२१औं शताब्दीमा अझै हाम्रो समाज यस्तो : कुवाको पानीखाने दलितलाई राम धुलाई

जेष्ठ २५, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ सैनीमा कुवाको पानी खाएको निहुँमा एक दलितमाथि कुटपिट भएको छ । स्थानीय सीता पार्कीले पानीको निहुँमा तुलसी सार्कीमाथि कुटपिट गरेकी हुन् ।

खेतमा काम गर्दै गरेका बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शंकर सार्कीले बताए ।

दलितभित्र तल्लो जाति भनेर विभेद गर्ने गरेकै कारण कुटपिट भएको उनले बताए । बिहीबार दिउँसो घटना भएको भए पनि शुक्रबार खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको थियो । आजको राजधानीबाट ।