गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण फेरी अनिश्चित बन्दै

बाटोको माग सहित गाँलेहरु पुनं. आन्दोलित

भरतपुर । मुलुककै गौरवको रुपमा लिईएको प्रस्तावित गौतम बुद्ध रंगशालाको डोजरकाण्ड अहिले सबत्र चर्चाको शिखरमा छ । डोजरकाण्डपछि देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीको ध्यान पुनः चितवनको रामपुरमा केन्द्रित गरेको छ । स्थानियको बाटोको सामान्य मागलाई बेलैमा सल्ट्याउनुको सटट बलमिच्याई गरेर पेलेर जानखोज्ने भरतपुर महानगरपालिकाका र धुर्मुस सुन्तली फाउण्डेशनको गलत शैलीको कारण गाँउलेहरुले अर्को गलत शैली अपनाई रंगशालाको बार भत्काईदिए । ५ वटा स्थानीय टोल सुधार समितिमा अबाद्ध सयौं गाँउलेले बाटो खोल्ने भन्दैजेष्ठ १५ गते बिहान ७ बजेबाट डोजरकै प्रयोग गरी झण्डै एक किलोमिटर बाटो बिस्तार गर्नेक्रममा पश्चिम पट्टिको तारबार भत्काउने कार्य गरे। गाँउलेको सो कार्य पश्चात भरतपुर महानगरपालिकको योजना र मेयर रेणु दहालको ठाडो निर्देशनमा प्रहरी लगाएर स्थानीय छ जना महिला र १२ जना पुरुष गरी १८ जना हिरासतमा लिइयो । सिताराम कटट्ल धुर्मुसेले आम जनताको सेन्टीमेन्टल क्यास गर्दै गाँउलेको मागहरुलाई ओझेलमा पार्ने गरी कमिशनको लागी बार भत्काएको आरोप लगाए । उनको त्यो आरोपकै आधारमा अनलाईनखबरदेखि प्राय मिडीयामा गाँउलेलाई अपराधी करार दिईयो । आखिर धुर्मुस कलाकार त हुन् ।

स्थानीय जनताको मागका बारेमा शुरुबाटै भरतपुर महानगरपालिकाका र धुर्मुस सुन्तली फाउण्डेशनले गरेको उपेक्षा ले निम्त्याएको अप्रिय घटनालाई पुरै बढाई चढाई र एकपक्षिय रुपमा स्याल हुईया गर्ने काम भयो। स्थानीय जनतामा लोकप्रिय एवं स्थापित नेता प्रकाश कँडेल र केही गाँउलेहरुलाई प्रहरी हिरासत भित्र राख्दै स्थानियबासिन्दालाई चिढाएर महानगर र फाउण्डेसनले गर्न के खोजेको हो त्यो अलि रहस्यमय बन्दै गईरहेको छ। स्थानीय जनताको सामान्य माग जो जायज र जरुरी छ, लाई बेवास्ता गरी प्रशासनिक दमन गरेर निर्माण गर्न लागिएको यो रंगशालाको निर्माणको भविस्य अनिश्चित बन्दै गएको छ । यसै विषयलाई लिएर आज आइतवारदेखि स्थानीयहरु आन्दोलनमा उत्रिसकेका छन् । चारवटा टोलसुधारहरुले सँयुक्त बिज्ञप्ती निकाली रयाली, धर्ना र वडा कार्यालय घेराउ शुरु गरिसकेका छन् । हिरासतमा लिईएका गाँउलेहरुको निर्शत रिहाई उनिहरुको मुख्य माग छ ।

४र५ महिनादेखि रहेको सिमानाको बाटो विवाद र स्थानीय टोल विकास समितिले पटकपटक मेयर कार्यालयमा निवेदन दिएको र छलफल गरेको कुरा डोजरकाण्डपछि बल्ल बाहिर आएको हो ।
गणतन्त्र दिवसको दिन बिहान घटेको डोजरकाण्डको शुरुमा धेरै नै बिरोध भएको थियो त तर पछी गाँउलेहरुको मागलाई बेवास्ता गर्दाको परिणाम भन्ने थाहापाएपछी सञ्चारमाध्यमले जनताको आवाजलाई समेत उजगार गरिदिएका छन् । सो कार्यमा संलग्न स्थानीय बासिन्दा १८ जना टोलबासीलाई प्रहरी हिरासत र कारागारमै सडाउने षडयन्त्र लाई बुझेपछि अहिले गाँउलेहरु एक पछी अर्को रुपमा विरोधमा उत्रिएका छन् । यस घटनाको मुख्य योजनाकार भनेर चित्रित गरिएका चितवनका लोकप्रिय युवा नेता तथा विद्यार्थीका केन्द्रीय नेता प्रकाश कँडेललाई नेकपा र अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले विद्यार्थी संगठनबाट पनि कारवाही गरेको जनाएका छन् । उनीहरुले विज्ञप्ति नै जारी गरी कारवाही गरेका हुन् ।

घटनामा संलग्न दोषीलाई कानुन हातमा लिएर बार भत्काएकाले हदैसम्म कारवाहीको तयारी भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले सम्पूर्ण अपराधीहरुलाई दुई वर्ष समयको कैद सजाय हुने र गृहमन्त्री वा प्रधानमन्त्रीको दबाब आए पनि आफू पछि नहट्ने भन्दै सार्बजनिक रुपमा मिडीयाबाजी गरेका छन् । प्रमुख जिल्ला अधिकारीले नै आयोजना गरेका सर्वदलीय बैठकमा धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले युवा नेता कँडेललाई देश निकालको माग गरेकी छन् भने मेयर रेणु दाहालले ‘चोर’ उपमा दिएको सार्बजनिक भईसकेको छ । दुबैले बोलेको कुराको पनि सामाजिक सन्जालहरुमा ब्यापक मात्रमा निन्दा भएको देखिन्छ ।

यसैबीच, स्थानीय पाँचवटा टोल सुधार समितिले एक विज्ञप्ति निकाली आफ्ना जायज माग राख्ने क्रममा भएको सानो भुलप्रति दुःख व्यक्त गर्दै हिरासतमा रहेका १८ जना सबैको रिहाइको मागसहित आन्दोलनका कार्यक्रम बिहान सार्वजनिक गरे पश्चात शुक्रवार दिनभर सुन्तली फाउण्डेशनका धुर्मुस सुन्तली, मेयर रेणु दाहलको प्रतिनिधिको रुपमा गएका रामचन्द्र अधिकारी र आन्दोलनरत टोल बिकास समितिसँग बार्ता भयो र सो क्रममा निकै विवादका बीच केही समझदारी भएको पाइन्छ र शनिवार मेयर रेणु दाहालको उपस्थितिमा पुनः सोही ठाउँमा बार उठाएर लगाउने र काम सुचारु गर्ने सार्वजनिक घोषणा भयो ।

यता, हिरासतमा रहेका १८ बन्दीहरु रिहा नभएमा आइतबारदेखि अझ सशक्त आन्दोलन र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने स्थानीय जनताले शनिवार साँझ बसेको बैठकले निर्णय गरेको छ । प्रकृति टोल सुधार समितिका सचिव टीकाराम ढकाल, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष सुशील लामा, शान्तिदीप एकता टोल संस्थाका अध्यक्ष मीन बहादुर लामा र रामपुर टोल विकास संस्थाका अध्यक्ष टंकप्रसाद घलेसहितको बैठकले सो निर्णय गरेको हो । सो छलफलको क्रममा स्थानीय रामपुरका समाजसेवी पूर्ण गुरुङले कुनै पनि विकास निर्माणसँग आउने नकारात्मक परिणाम सबैभन्दा नजिकको बस्तीले भेट्नुपर्ने भएकाले त्यसबाट केही सकारात्मक फाइदाको हकदार पनि सबैभन्दा नजिकका बासिन्दाको हुने भएकाले यो बाटो माग्ने अधिकार स्थानीयबासीको रहेको जनाए ।

प्रस्तावित रंगशाला निर्माण भए पश्चात परापूर्वकालदेखि माथिबाट बगेर आउने कुलो अवरुद्ध हुने र त्यसपश्चात यो क्षेत्रमा खेतीपातीको लागि समस्या आउने भएकाले त्यसको क्षतिपूर्तिका लागि विश्वविद्यालयको जग्गाबाट नै कटिने गरी बाटो निर्माण हुनुपर्ने उनीहरुको तर्क रहेको छ । वातावरणीय प्रभाव मूल्यांकन राम्रोसँग गरेको भए यस्तो समस्या नआउने तर यहाँ सबै झारा टार्ने काम मात्र भएको देखिन्छ ।

सोही छलफलको क्रममा प्रकृति टोल सुधार समितिका रामचन्द्र बस्ताकोटीले नेकपाका नेता साध्यबहादुर भण्डारीको बाटोको माग र १८ जना हिरासतमा लिइएका सम्पूर्ण जनताको बिनाशर्त रिहाइको मागप्रति ऐक्यवद्धता रहेको र सो कुरा सम्पूर्ण आन्दोलनकारीलाई बताइ दिन आग्रह गर्दै टेलिफोन गरेको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई घटनामा संलग्न भएका भनी हिरासतमा लिइएकालाई तुरुन्त छोड्न आग्रह पनि गरेको र प्रजिअले उनलाई ती जनताको समस्या जायज भएको तर आफूलाई निकै ठूलो दबाब रहेकाले हिरासतमा लिनुपरेको तर छिट्टै सबैलाई छाडिने बताएको पनि उनले स्पष्ट पारे । यसमा प्रजिअको सर्वदलीय बैठकमा प्रस्तुत भएको भनिएका धारणाहरु बाझिन्छन् ।
यसैबिच, यता नेत्र बिक्रम चन्द विप्लव निकट नेकपा चितवनको रंगशाला निर्माण कार्य रोक्न चेतावनी दिएको छ यसकारण प्रस्तावित रंगशालाको विवाद मत्थर नहुने र निर्माण कार्य अझैं अनिश्चित भएको देखिन्छ ।