सरकार–बिप्लव संवाद गर


देशमा पुनं हिंसा प्रतिहिंसाको दुश्चक्र शुरु हुन खोजेको स्पष्ट संकेत मिलीसकेको छ । बिगतको दश बर्षे जनयुद्धको रगतको फाल्सा नसुक्दै मुलुकमा फेरी रगतको खोलो बग्ने क्रम शुरु भएको छ । यो हामी आम नेपालीको लागी दुःखको कुरा हो । प्रतिबन्धित नेकपा र सत्ताधारी नेकपाको हिंसा प्रतिहिंसाको चपेटामा आम मानिस फस्न सक्ने खतरा उत्पन्न भएको छ । पछिल्लो पटक आईतबार बिप्लवका ४ जना कार्यकर्ताको ज्यान गयो, आधा दर्जन वढी घाइते भए । शािन्त प्रक्रिया पछिकै सवैभन्दा ठूलो विस्फोटको घटना आइतबार भयो । बिप्लव नेकपाले देशभर बम आतंक नै मच्चायो । जसले गर्दा मुलुकमा फेरी हिंसा प्रतिहिंसाको कालो बादल मडारिएको अनुभूत हुन थालेको छ । गत हप्ता बिप्लवका एक कार्यकर्तालाई प्रहरीले झुठा मुठभेडमा मारेपछी हिंसा भडकिएको स्वंय सत्ताधारी पुर्ब मन्त्रीकै दाबी छ । वैज्ञानिक समाजबादको निम्ती एकिकृत जनक्रान्तिको आवश्यक भन्दै विप्लवले बर्तमान सत्तालाई बिगतबाटै राजनितीक रुपमा चुनौति दिएका थिए । बल प्रयोगको सिद्दान्तलाई रणनीतिक आधार मान्दैे एकीकृत क्रान्ति मार्फत देशमा जनगणतन्त्र ल्याउन बिप्लव लागिरहेको उनको दस्तावेजहरुमा उल्लेख गरिएको छ । आर्थिक, राजनैतिक, सांस्कृतिक, बजार, जमिन, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएको बेथितीको अन्त्यका लागि संर्घष अनिवार्य भएको भन्दै बिप्लवले आन्दोलनलाई अघि बढाएको प्रष्ट बुझिन्छ । बर्तमान दलाल पूँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा हिडनु परेको बिप्लव पार्टीको छ ।
यता सरकार देशमा संबिधान, ऐन, कानुन र बलियो सरकार भएकाले काही कसैसँग नझुक्ने भन्दै बल प्रयोगकै नितीमा जाने भाषा प्रयोग गरिरहेको छ । अहिलेको विप्ल्वको एकिकृत क्रान्तीको नाममा हुने हिंसा र त्यसलाई नियन्त्रण गर्ने नाममा सरकारले लिएको बलप्रयोगकै प्रतिहिंसाकारी नीतिले फेरि देशमा गृहयुद्धको खतरा देखिन्छ ।
सरकारमा अहिले कम्युनिष्ट नामकै पार्टी नै छ । उता आन्दोलन गर्ने पनि कम्युनिष्ट नामकै पार्टी यस्तो अवस्थामा एउटाले अर्को कम्युनिष्टलाई निषेध र प्रतिकार गर्ने कार्यले देशलाई थप दन्द्ध र भड्खालोमा धकेल्ने निश्चित छ । साथै कम्युनिष्टलाई नै बदनाम बनाउँछ यो तरिकाले । यसर्थ हिंसा र प्रतिहिंसा समाधानको उपाय होइन । वार्ता र सम्वाद नै समस्याको सही तरिका हो । हिजो शान्ती प्रक्रियाको क्रममा के के कम्जोरी भयो ? के जनताले अहिलेको यो अवस्था देख्न ज्यानको बाजी लगाएका थिए । अपुगहरु के के छन् । यि यावत बिषयमा पूर्ण समिक्षा बिना बिप्लवसँगको बार्ता सम्भव नै छैन् । बिप्लवलाई पेलेरै साईजमा ल्याउछु भन्नु देशलाई उम्कनै नसक्ने युद्धको थप दलदलमा फसाउनु हो । तर्सथ बिगतको १२ बुँदे सहमतिको पेरीफेरीबाट कहाँ कहाँ त्रुटी भए सच्चयाउने उपाय खोजी बिप्लवलाई राजनितीको मुलधारमा ल्याउने कार्य गरौं । यता बिप्लव नेकपाले पनि हिंसाबाटै मात्र सत्ता परिर्वतन गर्नेमा भन्दा पनि राजनितीक निकास र देशको बिकासको लागी बार्ताको माध्यमबाट समस्याको समाधान गर्नेतर्फ सोच्न जरुरस् भईसकेको छ । अत्ः सरकार बिप्लव पार्टी बिचमा तत्काल बार्ता र संवाद शुरु गर । सरकारले बार्ताको आव्हान गर । मुलुकलाई दन्द्ध हेईन शान्तीको आवश्यक छ । भण्डाफोर अभियानबाट