यौनजन्य गतिविधिको हव बन्दै चितवन

पेट पाल्नेदेखि भिआईपी सम्म बेश्याबृतीमा

चितवन । नेपालकै केन्द्रबिन्दुमा रहेको मुख्य पर्यटकीय गन्तब्य बन्दै गरेको चितवनमा यौनजन्य गतिबिधी ह्वात्तै बढेको छ । पछिल्लो अवधीमा जिल्लामा बेश्याबृती र यौनजन्य गतिबिधी ह्वात्तै बढेको हो । यस्तो गतिबिधीमा पेट पाल्नेदेखी भिआईपीहरु सम्म सम्ँलग्न हुने गरेको देखिएको छ । सामान्य र साना होटलहरुमा बिगतमा प्रहरीको नजर पर्ने गरेपनि ठुला होटल र भिआईपी बेश्याबृतीमा संलग्नहरुलाई भने प्रहरी प्रशासनले अहिलेसम्म छुन नसकेको अध्ययन र तथ्यहरुले देखाएको छ । यहिक्रममा चितवनमा बेश्याबृती र यौंनजन्य गतिबिधी बढदै गएमा चितवन पर्यटनको मात्र होईन यौंनजन्य गतिबिधीको पनि हब बन्ने अवस्था देखिन्छ । पछिल्लो समय कानुनी जटिलताको कारण देखाउदै प्रहरी प्रशासनको अनुगमनको अभावले पनि चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा सौराहा, मेघौली, पटिहानी लगाएतका स्थान र नवलपुरको गैडाकोट क्षेत्र यौन खरिदबिक्रि गर्नेहरुको लागी सुरक्षित आश्रयस्थलको रुपमा बिकास भएको देखिन्छ । यसलाई नियन्त्रण र ब्यबस्थापन गर्न ढिला गर्दा सामाजिक बिकृती बढन् गई समाजको आधारभुत संरचनामा खलल पुग्ने र सामाजिक बिकृती बढने प्रष्ट रुपमा देखिएको छ । चितवनका केही स्थानमा देखिएका यौंनजन्य गतिबिधीलाई हामीले नजिकबाट नियाल्दा यस्तो देखियो ।
दृश्य एक स् चितवनको पर्यटकीय नगरी सौराहाको एक होटल
जहाँ भिआईपीहरु यौन प्यास मेटाउन आउने गर्दा रहेछन् । समय दिनकोे १ बजे ।
एउटा महङ्गो कारमा एक जोडी होटल प्रबेश गर्दछन् । उनीहरु झट हेर्दा श्रृमान श्रृमति जस्तो देखिएपनि ति कारवालासँग आउने उनको आफ्नै श्रृमती थिईनन् । त्यस्तै सौंराहाकै अर्को होटलमा एक प्रौंढ ब्यक्तिले अर्को कारमा एउटी केटी लिईएर आए ति केटीको उमेर अन्दाजी २०। २२ को थियो । पौंढ ब्यक्ति भने ५५ माथीका जस्ता देखिन्थे । उनीहरु दिउसो दिनभर होटलमा बसेपनि साँझ पर्नु अगाडी नैं त्याँहाबाट आ आफ्नो गन्तब्यतिर लागे ।
नारायणगढको पुलचोक र भरतपुर ओरालोमा हरेक साँझ एउटा रङ्गीन रात्री जीवनको खुल्ल दृश्य । भरतपुर ओरालोमा प्रहरीको लागी बनाएको सामुदायिक भवन तेश्रो लिगींहरुको यौंन अखडामा परिणत भएको जो कसैले सात बजे पछी त्यो स्थानमा हेर्न आएमा सजिलै देख्न सक्छ । त्यस्तै अर्को दृश्य बिरेन्द्र क्याम्पस वरीपरिको क्षेत्र र पुलचोक क्षेत्र जहाँ खुलमखुल्ला यौंन खरिद बिक्रिको लागी मोलमोलाई हुने गर्दछ । मोलमोलाई मिलेपछी उनीहरु गन्तब्य तर्फ जाने गर्दछन् । यस क्षेत्रमा फष्टाएको यौन बजार र ग्राहक खोज्न हिंडेका यौनकर्मी तथा यौंनप्यास मेटाउन यौंकर्मीका खोजीमा रहेका ग्राहक । थरी थरीका
रेट, थरी थरीका यौनकर्मी ।
केही सँख्यामा महिला, थोरै तेश्रो लिंगी अधिकांस पुरुष । मजदुरी काम गर्ने ठेला चालक देखी बस ट्रकका चालक र सामाजिक तथा ब्यबसायिक रुपमा प्रतिष्ठिीतहरुको यौन प्यास मेटाउने भोक । सबैका आ९आफ्नै धुन । कोही सडकमै बार्गेनिगं कोही ठुला होटलको स्विट रुममा ।
मुल्य ५०० र एक छाक खाना, रक्सी देखि ५०००, दश हजार, ५० हजार र लाखौंसम्म ।
ठुला होटलमा प्रहरीले केही गर्न नसक्ने दाबी ।
एकजना यौंनकर्मीका अनुसार चितवका ठुला होटलमा रिक्स कम भएकाले आजकल पैसा खर्च गर्न सक्ने जति ठुला होटलमै बस्ने खर्च गर्न नसक्ने नवलपुरका होटलतिर जाने गरेको बताँउछीन् । कतिपयले साना होटलमा रिक्स हुन थालेपछी आफै कोठा भाडामा लिएर दिन तथा रातको समयमा सिमीत ग्राहकसँग कोठामै यौन क्रियाकलाप गर्ने गरेको ति यौन कर्मीले बताईन् ।
नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक दुर्गा रेग्मीले सामाजिक बिकृती फेलाउनेलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अभियान चलाईरहेको भन्दै देह ब्यापारको सुचना प्राप्त गरेको अवस्थामा दोषिलाई पक्राउ गरी कानुनी कार्बाही गर्ने बताए । प्रहरी चौंबिसै घण्टा खटिरहेको छ, त्यस्तो बिकृती गर्ने गराउनेलाई खोजी गरी पक्रिन लागीपरेको छ भन्दै बिगतमा चितवन प्रहरीले बेश्याबृतीमा लाग्ने र लगाउनेलाई कार्बाही गरेको स्मरण गर्दै त्यस्ता अवान्छीत गतिबिधी नियन्त्रणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । भण्डाफोर अभियानबाट