गणतन्त्र दिवसको अवसर पारेर भरतपुरमा सरसफाइ

चितवन १४ जेठ । गणतन्त्र दिवसको अवसर पारेर आज भरतपुरमा सरसफाइ अभियान गरिएको छ।
चितवनको जिल्ला सदरमुकाम भरतपुरको जिल्ला प्रहरी कार्यालय अगाडी रहेको गेष्ट हाउस चौरदेखि भरतपुर अस्पतालको वरीपरी सरसफाइ गरिएको हो । फोहर नफालौ तोकिएको स्थानमा राखौ सरसफाइ गरौ भन्दै फोहोर टिपिएको थियो ।
गणतन्त्र दिवसको पहिलो दिन सरसफाइ, दोस्रो दिन भोली विहान चौविसकोठीबाट गेष्टहाउस चौरसम्म ¥यालीसहित प्रवचन कार्यक्रम रहेको छ । जिल्लामा रहेका क्रियाशील राजनीतिक दलहरुले गणतन्त्र दिवसको दिन मन्तव्य राख्ने कार्यक्रम रहेको छ । पर्सी विहीबार चौविसकोठीमा रक्तदान कार्यक्रम राखिएको छ ।
आज भएको सरसफाइ कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमारडल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेश ३ का ट्रफिक प्रमुख नविन राई, बिभिन्न राजनितीक दलका कार्यकर्ता, पत्रकार, सामाजिक अभियान्ता, उधोगी, ब्यबसायी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलनेपाली सेना लगायत सहभागीता रहेको थियो ।