सरकारको हठ र विप्लवको हिंसाले भिडन्‍तको खतरा

काठमाडौं/विप्लव समूहको गतिविधि हिंसात्मक बन्दै गएपछि द्वन्द्व बढ्न सक्ने सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

आइतबार राजधानीका विभिन्न स्थानमा उक्त समूहले गराएको विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । विप्लव र सरकारले एकअर्कालाई घुँडा टेकाउने रणनीति अगाडि बढाएपछि असुरक्षित महसुस हुन थालेको छ ।

सुरक्षाका विज्ञहरूले हिंसात्मक गतिविधिमा लागेको समूहलाई तत्काल वार्तामा बोलाई समस्या समाधान गर्न आग्रह गरेका छन् । वार्ताद्वारा समस्या समाधान नभए स्थिति जटिल बन्दै जाने चिन्ता उनीहरूको छ । विप्लव समूहको गतिविधिले देशको सुरक्षा अवस्थामा पार्ने दीर्घकालीन प्रभावका विषयमा आधारित रहेर  केही सुरक्षा विज्ञहरूसँगको कुराकानी । प्रस्तुत छ, कुराकानीका मुख्य अंश 

बालानन्द शर्मा : पूर्व रथी

पछिल्ला समयमा भएका घटनाले मुलुक फेरि द्वन्द्वमा फस्ने त हैन भन्ने प्रश्न उब्जाएको छ । द्वन्द्वरत पक्ष र सरकार सञ्चालन गर्ने पार्टीको मूल जरो एकै ठाउँमा भएकाले यो समस्या समाधान गर्ने केही अवसर पक्कै छन् । तर त्यसतर्फ सरकारले ध्यान दिएको जस्तो लागेको छैन । बरु विद्रोही समूहलाई दबाएर लैजान सकिन्छ भन्ने सरकारको रणनीति देखिन्छ ।

द्वन्द्व समाधान गर्न विद्रोही समूहका माग के हुन् रु के के समाधान गर्न सकिन्छ र के सकिँदैन त्यो छुट्याउनु आवश्यक छ । द्वन्द्वरत पक्षको क्षमता के हो रु संगठन कुन किसिमको छ रु हतियार कति छन् रु त्यसको अध्ययन विश्लेष गर्नु अत्यन्त जरुरी छ ।

विगतमा प्रचण्ड र विप्लव एकै ठाउँमा रहेर सशस्त्र विद्रोह गर्नुभयो । प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव समूहले कम्युनिस्टका आधारभूत सिद्धान्त त्यागेको, आन्दोलनलाई धोका दिएको भन्ने आरोप लगाएर भूमिगत रुपमा विद्रोहको बाटोमा अगाडि बढेका छन् । पहिला यसको राजनीतिक समाधान खोज्नु पथ्र्यो तर सरकार र विद्रोही दुवैले आफ्नो अडानमा टसको मस गरेको देखिँदैन । एकले अर्कोलाई सिध्याउने रणनीतिमा अगाडि बढेका छन् ।

विप्लव समूहका गतिविधि आतंककारी हुन् वा राजनीतिक रु यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्‍यो । त्यसलाई रोक्ने सरकारी रणनीति के हो रु सुरक्षा निकाय कसरी परिचालन गर्ने रु सुरक्षा संयन्त्र परिचालन गर्न हामीले अहिलेसम्म कानुनसमेत बनाउन सकेका छैन ।

१२ वर्षे द्वन्द्वका बेला सुरक्षा परिचालन गर्न टाडा ऐन थियो । त्यही ऐनमा टेकेर संयुक्त सुरक्षा फौज परिचालन गरिएको थियो । सुरक्षा निकायमा इन्टेलिजेन्स एकदमै कमजोर छ । हिजैका घटनालाई हेर्ने हो भने पनि सुरक्षा निकाय प्रोएक्टिभ हैन रिएक्टिभ जस्तो देखियो । कारण इन्टेलिजेन्स एकदम कमजोर हुनुले हो ।

सुरक्षा निकायमा इन्टेलिजेन्सको एकदम महत्त्व हुन्छ जसले सूचना संकलन गर्छ । त्यसका लागि राज्यले लगानी गर्नुपर्छ । तर त्यसतर्फ सरकारको ध्यानै पुगेको छैन । अर्कोतर्फ सरकारले जुन डेलिभरी दिनुपथ्र्यो त्यो दिन नसक्दा जनतामा सरकारप्रति वितृष्णा बढ्दै गएको छ । यसको फाइदा विद्रोहीलाई हुन्छ । मुलुकलाई यो अवस्थाबाट बाहिर निस्कन उच्च राजनीतिक क्षमता साहस र दृढ इच्छाशक्ति चाहिन्छ ।

सरकार गठन भएको १४ महिना भयो । ३ सय कानुन अहिले पनि बन्न सकेका छैनन् । केन्द्र सरकार र प्रदेश तथा स्थानीय सरकारबीच द्वन्द्व बढेको छ । सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप बढेको छ । मनोबल गिरेको सुरक्षा निकायले कसरी प्रभावकारी सुरक्षा प्रदान गर्न सक्छ रु

अर्को तर्फ विद्रोही समूहसँग १२ वर्षै द्वन्द्वमा लुटिएका हतियार पूर्वलडाकु र अनुभवसमेत छ यो त्यतिकै सकिने अवस्थामा छैन । विप्लवका पछिल्ला घटनाक्रमले मुलुक थप द्वन्द्वमा फस्न सक्छ ।

सनतबहादुर बस्नेत, पूर्वआइजिपी सशस्त्र प्रहरी बल नेपाल

विप्लव समूहको पछिल्ला गतिविधि हिंसात्मक बन्दै गएका छन् । यो समूहले मुलुक ठप्प पार्ने भन्दै बन्द घोषणा पनि गर्‍यो । तर त्यति प्रभावकारी भएनन् । पछिल्ला विस्फोटका घटनामा पनि बम पड्काउन नजानेर आफैँको मृत्यु हुने र घाइते भएको घटनाले के पुष्टि गर्छ उसले भनेकै जस्तो विद्रोह गर्न तालिम प्राप्त लडाकु छैनन् । यो भन्दैमा विप्लबका पछिल्ला घटनाक्रमलाई नजरअन्दाज गर्न मिल्दैन । द्वन्द्व सानोबाटै सुरु हुन्छ ।

शान्ती सुरक्षा कायम गर्न सरकार पनि गम्भीर रूपमा अगाडि बढ्नुपर्छ । राजधानीका विभिन्न स्थानमा भएका घटनाले सुरक्षा निकायको इन्टेलिजेन्समाथि प्रश्न उठ्नु स्वाभाविक हो । घटनाले सुरक्षा निकायलाई समेत चनाखो बनाएको छ र भोलिका दिनमा सुरक्षा निकाय प्रभावकारी रुपमा अगाडि बढनुपर्छ ।

हेमन्त मल्ल : पूर्वडिइआजी नेपाल प्रहरी

काठमाडौंमा भएका पछिल्ला घटनाले मुलुक फेरि द्वन्द्वमा जान सक्ने संकेत गरेको छ । सबैभन्दा पहिला विप्लव समूहले उठाएका मुद्दा कुनकुन राजनीतिक हुन् र कुन हैनन् भनेर सरकारले छुट्याउनुपर्छ । प्रत्येक नागरिकको अभिभावक सरकार भएकाले उसका असन्तुष्टिको सम्बोधन गर्ने दायित्व पनि सरकारको हो । त्यसैले सरकारले शान्तिपूर्ण रुपले यो समस्या समाधान गर्नतर्फ अग्रसर हुनुपर्छ ।

देशको प्रशासनिक केन्द्र र राजधानीमा भएका घटनाले जनता असुरक्षित महसुस गर्नु पनि स्वाभाविकै हो । राजधानीमा ठूलाठूला विस्फोट हुनु र त्यसको पूर्वसूचना नहुनु भनेको इन्टेलिजेन्स कमजोर हुनु हो । हरेक सुरक्षा निकायसँग प्रभावकारी सुरक्षा दिन उसको इन्टेलिजेन्स मजबुत हुनुपर्छ । यसमा राज्यले लगानी गर्नु पर्छ । तर सरकाले इन्टेलिजेन्सको महत्त्व नै बुझेको छैन ।

नेपाल प्रहरीले प्रभाबकारी सुरक्षा रणनीतिसहितको कार्ययोजना बनाउँछ । प्रहरी कसरी परिचालिन गर्ने रु के विषयमा बढी ध्यान दिने, सुरक्षा चुनौती के हुन रु समाधान कसरी गर्ने लगायतका रणनीतिक योजना प्रहरीले बनाउँछ ।

०७२ मा नेपाल प्रहरीले बनाएको ५ वर्षे रणनीति मन्त्रालयले अहिलेसम्म पास गरेको छैन । यस्तो अवस्थामा प्रहरीले काम गर्न सकेन, पूर्वसूचना पाएन, प्रभावकारी सुरक्षा भएन भन्न मिल्छ रु खै राज्यको ध्यान रु खै योजना रु अनि कसरी प्रभावकार सुरक्षा हुन्छ ?

अर्कोतर्फ विद्रोहीसँग विगतमा लुटिएका हतियार लडाकु छन् । उनीहरुसँग पनि युद्धको अनुभव छ । सरकारले राम्रोसँग डेलिभरी दिन सकेको छैन । जनता निराश छन । यसको प्रत्यक्ष फाइदा विद्रोहीलाई हुन्छ । त्यसले समयमा समस्या समाधान गरिएन भने मुलुक पुनः द्वन्द्वमा जाने खतरा देखिन्छ ।

इन्द्र अधिकारी : सुरक्षा विज्ञ

विप्लव समूहको पछिल्ला गतिविधिले सर्वसाधारणलाई असुरक्षीत महसुस गराएको छ । यो समूहका गतिविधिले मुलुक द्वन्द्वमा जान्छ जस्तो मलाई लाग्दैन । त्यो भन्दैमा विप्लव समूहलाई नजर अन्दाज गर्न चाहिँ हुँदैन ।

राज्यसँग जनताले धेरै आशा गरेका छन् । तर सरकारले डेलिभरी दिन सकेको छैन । विप्लब समूहले यसको फाइदा उठाएको छ । पूर्व माओवादीकै फ्युजन हो विप्लव समूह । जब राज्य चुपचाप जस्तो देखिन्छ त्यस्तो अवस्थामा विप्लव समूहले आफ्नो उपस्थिति देखाउन विस्फोट लगायतका गतिविधि गर्दै आएको छ ।

उपत्यकामा भएका पछिल्ला घटनामा बम बोक्ने र बनाउने नै विस्फोटबाट घाइते भएका छन् । यसको अर्थ के हो भने उनीहरू युद्ध वा ठूलै विद्रोह गर्ने अवस्थामा छैनन्। सिक्ने क्रममै छन् । यति धेरै ठाउँमा बम भेटिनु र राज्यले समयमै थाहा नपाउनु भनेको जनता राज्यप्रति उदासीन हुनु हो । सरकारले जनतालाई अपनत्व महसुस गर्न नसकेका कारण राज्यप्रति उदासीन हुँदा राज्यले समयमै सूचना पाएन ।

सुरक्षा मनोवैज्ञानिक पनि हो । दैनिक विस्फोट हुने, बम विस्फोट पछिमात्र सुरक्षा निकाय परिचालित हुने हो भने जनताले सुरक्षाको महसुस गर्न सक्तैनन् । त्यसैले प्रभावकारी सुरक्षा परिचालन र राजनीतिक लेवलबाट वार्ताका माध्यमबाट विप्लब समूहका गतिविधि नियन्त्रण गर्नुपर्छ । हैन भने बिस्तारै यसले ठूलो रुप लिन सक्छ । नेपाल समय