युरोपको माल्टामा विभिन्न कार्यक्रम गरिने

माल्टा/नेपाल माल्टा कम्युनिटीले युरोपको माल्टामा नेपालीहरुको चाडपर्व लगाएतका विभिन्न कार्यक्रम गर्ने भएको छ । यहि मे २६ गतेको दिन एक परिचयात्मक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रम गर्ने र नेपालीहरुको चार्डपर्वको बारेमा यहाँका नागरिकहरुलाई समेत जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको नेपाल माल्टा कम्युनिटीले जनाएको छ ।
माल्टामा विभिन्न सिलसिलामा माल्टामा बसोबास गर्ने नेपालीहरुमा एक आपसमा आत्मियता साटासाट हुनको साथै नेपालीहरुलाई माल्टामा रहँदा आइपरेका समस्याहरुको समाधानमा सहयोग पुग्ने अपेक्षाका साथ यस कार्यक्रम गर्न लागिएको नेपाल माल्टा कम्युनिटीका संस्थापक अध्यक्ष मनिष अर्यालले बताउनुका साथै यस कम्युनिटीको बारेमा जानकारी दिएका थिए ।
नेपालीहरुको चार्डपर्व लगाएतका कार्यक्रम यस माल्टामा हुँदा एक आपसमा सुख दुःख साटासाट हुनका साथै नेपालीहरुको समस्याहरु समाधानमा यस्ता कार्यक्रमले सहयोग हुने भन्दै कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्ण कोइरालाले कार्यक्रम गर्दा बन्द कोठामा नभई खुला मञ्चमा गर्नुपर्ने बताए । उनले यसरी विदेशी भूमिमा कार्यक्रम गर्दा खुला रुपमा गर्न सके यहाँ आउने अन्य देशका पर्यटकहरुलाई समेत नेपालको कला संस्कृती र पहिचानको बारेमा जानकारी दिन सकिनुका साथै नेपाल पर्यटन बर्ष २०२० को प्रर्बद्धनमा समेत टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा चार्डपर्व बनाउँन सम्पुर्ण नेपालीहरु एकजुट हुने सहभागीहरुले सहमती जनाएका थिए भने नेपालीहरुले विदेशी भूमिमा आएर पसिना बगाएर कमाएको पैसा नेपाल पठाउन समस्या रहेको र यसलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्न समेत कम्युनिटीलाई आग्रह गरेका थिए । कार्यक्रममा कुसुम गुरुङ, बाबु अर्याल, गंगा गुरुङ, विमल भट्टराई, नविन गिरी लगाएतका सहभागीहरुले गैर आवासिय नेपाली संघ माल्टा र यस कम्युनिटीले मिलेर छिटो भन्दा छिटो नेपालमा पैसा पठाउने सजिलो माध्याम खोज्नुपर्ने, माल्टामा आएका नेपालीहरुमा भएको समस्याहरुको बारेमा एकआपसमा मिलेर समाधान गर्नु पर्नेमा जोड दिनुका साथै गैर आवासिय नेपाली संघ माल्टाको संसदिय निर्वाचन हुनलागेको र यसको प्रक्रियामा समेत समस्या देखिएकाले यसको विषयमा केन्द्रमा छलफल हुन आवश्यक रहेको बताएका थिए ।
नेपाल माल्टा कम्युनिटीका संस्थापक अध्यक्ष मनिष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम भुवन अर्यालले संञ्चालन गरेका थिए ।