स्वदेशमै केही गर्ने भन्दै दुई युवाले खोले गौतमबुद्ध ईन्जीनियरिङ्ग


चितवन । जेठ ४ । दैनिक हजारौं युवाहरु विदेश पलायन भैरहेको बर्तमान समयमा नेपालमा नै केहि गरौ भन्ने उद्धेश्यले चितवन भरतपुरका २ जना युवाहरु मिलेर भरतपुर महानगरपालिका ११ भोजाडमा गौतमबुद्ध ईन्जीनियरिङ्ग वर्कशप सञ्चालनमा ल्याएका छन् ।
गोर्खा अजिरकोट गाउपालिका १ भच्छेकका रबि शेर्पा र चितवन भरतपुर ११ भोजाडका अनिल तामाङ्ग मिलेर स्टिलबाट बन्ने सामाग्रीहरुको गौतमबुद्ध ईन्जीनियरिङ्ग सञ्चालनमा ल्याएका छन् । २ कठ्ठा क्षेत्रफल भएको जग्गामा वर्कशप बनाई उनीहरुले डेरी तथा किचनसम्बन्धी स्टिलनेश ईन्जीनियरिङ्ग वर्कशप सञ्चालनमा ल्याएका हुन् ।
करिब ५० लाख लगानीमा खोलिएको उक्त वर्कशपमा दश जनाले रोजगारी पाउने उधोगका प्रबन्ध निर्देशक रबि शेर्पाले जानकारी दिए । उधोग बारे जानकारी दिने उध्येश्यले आज उधोग प्रागंणमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक शेर्पाले स्वदेशमै केही गर्ने सोंचका साथ आफ्नो शिपको सदुपयोग गर्न उधोग सञ्चालनमा ल्याएको बताए ।
उनले भने केही स्थानिय बासिन्दाहरुलाई रोजगारी समेत प्रदान गर्ने भन्दै डेरीको लागी आवश्यक चिलिङ्ग भ्याट कोल्डरुम, हुमनाईजर क्रिम सेभे्रटर, चिलर, रोड मिल्क टंयाक साथै होटल रेष्टुरेण्टका टेबल, कुर्चि र हिटिङ्ग एण्ड कुलिङ्ग सम्बन्धी सम्पूर्ण स्टिलनेश स्टिल सामाग्रीहरु उत्पादन तथा मर्मत सम्भार गर्ने जानकारी दिए । उधोगका अर्का सञ्चालक अनिल तामाङ्गले गुणस्तिरिय उत्पादन र छिटो छरितो सेवा प्रवाह गरि उपभोक्ताको मन जित्ने बताए ।
। बिगत ८ बर्षदेखि बिभिन्न कम्पनीमा अनुभव बटुलेका युवाहरुले सञ्चालनमा ल्याएको उधोग साना तथा घरेलु उधोग कार्यालय, आन्तरिक राजस्व कार्यालय र भरतपुर महानगरपालिकामा दर्ता गरिएको छ ।
युवाहरु बिदेश पलायन भईरहेको बर्तमान समयमा भोजाडका यी दुई युवाले थालेको काम समाजको लागी उदाहरण बन्न सक्छ । युवाहरुको यस्तो कार्यमा हौसला प्रदान गर्न सके मुलुकमा बिस्तारै समृद्धि आउनेछ ।