अखिल क्रान्तिकारीले लियो शैक्षिक हडताल फिर्ता 


चितवन, जेठ ४ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले जेठ ५ गते देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने कार्यक्रम फिर्ता लिईएको छ । क्रान्तिकारीले यसअघि संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दै भोली जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको थियो ।
तर अध्यक्ष चिरञ्जीवी ढकाल हिजो सर्बोच्चको आदेशपछी रिहा भईसकेका छन् । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले आज एक बिज्ञप्ती जारी गर्दै संगठनका केन्द्रीय अध्यक्ष ढकालको रिहाईको लागी पहल गर्ने नेपाल बार लगाएतलाई धन्यबाद दिदै तत्काललाई बन्द लगाएतका कार्यक्रमहरु फिर्ता दिईएको जनाएका छन् । आफ्ना साथीहरुलाई नछोडेमा थप संर्घषको कार्यक्रम गर्ने समेत बिज्ञप्तीमा चेतावनी दिईएको छ ।