भारतबाट मात्रै एक बर्षमा १० अर्बको आलु प्याज आयात

काठमाडौं /सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो ।
देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको थियो । यो समाचार सीता शर्माले गोरखापत्रमा लेखेकी छन् ।