मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे।

देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न दिएनन्। अन्य कर्मचारी पनि उनलाई नरिझाएसम्म त्यहाँ टिक्न सक्दैनथे। पैसाको रवाफका कारण उनले स्थानीय नेता, जग्गा दलाल, बिचौलिया र कर्मचारी सबैलाई काबुमा राखे। सबैलाई प्रलोभनमा पारेर करोडौं राजस्व हिनामिना र भ्रष्टाचार शृंखला चलाएको अख्तियारले जनाएको छ। महालेखा परीक्षक कार्यालयले तीन वर्षयताका प्रतिवेदनमा गुप्ताले गरेको भ्रष्टाचारको फेहरिस्त सार्वजनिक गरेको छ। उनले महालेखा परीक्षकलाई पनि प्रलोभनमा पारेको देखिन्छ।

उनीविरुद्ध बुधबार विशेष अदालतमा दुइटा भ्रष्टाचार मुद्दा चलाइएको थियो। साढे ४ करोड भ्रष्टाचार भएको मुद्दा शुक्रबार दायर गरिएको छ। पछिल्लो पटक गुप्तासहित लेखापाल युगलकिशोर ठाकुर र नायबसुब्बा शत्रुधन राउतविरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको हो। २०७५÷७६ को फागुन १२ सम्म संकलित ४ करोड ५८ लाख ७१ हजार राजस्व खातामा दाखिला नगरेको अभियोगपत्रमा उल्लेख छ। नगदी रसिदका कार्यालय प्रतिमा उल्लेखित रकम जोड जम्मा गरी हेर्दा हिसाबकिताब देखिएको छैन।

अख्तियारले उनीहरूविरुद्ध ८ देखि १० वर्ष कैद र बिगोबमोजिमको सजाय र राजस्व चुहावटमा त्यसको दोब्बर जरिवाना माग गरेको छ। यसअघि बुधबार गुप्ताविरुद्ध दुई मुद्दा अख्तियारले दायर गरेको थियो। गुप्ता र तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराका प्रमुख मालपोत अधिकृत राजराजेश्वर त्रिवेदीसहित ६ जनाको मिलेमतोमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको छ। २ करोड ५० लाख बिगो माग दाबी गरिएको छ। अख्तियारले रकम हिनामिनामा रजिस्ट्रेसन फाँट नम्बर ३ का फाँटवाला गुप्ताको प्रमुख भूमिका रहेको किटान गरेको छ।

उनले २०७४ कात्तिक २० देखि २०७५ साउन २८ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी ३ करोड ३८ लाख र नक्कली रसिदबाट १ करोड ३५ लाख संकलन गरेको देखिएको छ। त्यसमध्ये २ करोड ५० लाख ८६ हजार हिनामिना गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।

आफूले बुझेको राजस्व रसिद, पारित गरेका सक्कल लिखत र सोसँग सम्बन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, राजस्व रसिदको कार्यालय प्रतिसमेतका महŒवपूर्ण कागजात कार्यालयमा नबुझाएको नदेखिएको छ। उक्त कार्यालयमा एउटा फाँटसँग सम्बन्धित कुनै पनि सक्कल कागजात, बैंक भौचरसमेत नरहेको अवस्थामा अन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत भएको देखिएको छ।

संकलन भएको राजस्व कानुनबमोजिम सम्भव भएसम्म सोही दिन नभए भोलिपल्ट सम्बन्धित राजस्व खातामा जम्मा गरी त्यसको भौचरसमेत नत्थी गरी तोकिएको ढाँचामा आर्थिक विवरण तयार गरी कार्यालय प्रमुखले प्रमाणित गरेर अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। तर, तोकिएको समयभित्र सम्बन्धित राजस्व खातामा दाखिला नगरी ‘खाई मास्ने’ कार्य गर्दा पनि मौन स्वीकृति जनाएको आरोपमा प्रमुख मालपोत अधिकृत त्रिवेदीलाई प्रतिवादी बनाइएको छ। प्रमुख त्रिवेदी, फाँटवाला गुप्ता र लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही माग गरिएको छ। १० वर्षसम्म कैद र चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ।

मुछिए लेखापरीक्षक

मालपोत कार्यालय कलैयाको आन्तरिक र अन्तिम लेखापरीक्षण गर्नेविरुद्ध पनि मुद्दा दायर गरिएको छ। कोष तथा लेखानियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रवीण गौतम र कमल खतिवडा अनि महालेखा परीक्षक कार्यालय काठमाडौंका निर्देशक अजयकुमार सापकोटा मुद्दामा मुछिएका हुन्।

करोडौं राजस्व हिनामिना भएको, नक्कली राजस्व रसिदको प्रयोग गरिएको तथा कार्यालयका सक्कल कागजात लुकाएको तथ्यलाई अन्देखा गरी बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको आरोप अख्तियारले लगाएको छ। तीनै जना लेखापरीक्षकविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ।

पाँचविरुद्ध अर्को अभियोग

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराका फाँटवाला गुप्तासहित पाँच जनाविरुद्ध अर्को मुद्दा दायर गरेको छ। निजी ड्राइभर सुनीलकुमार पटेल, मालपोत कार्यालय, कलैयाका लेखापाल युगलकिशोर ठाकुर, मालपोत कार्यालय सिमराका नायबसुब्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय सहयोगी नीरजकुमार गुप्ताविरुद्ध मुद्दा चलाइएको हो।

तीन हजार घुससहित मालपोतका दुई नायब सुब्बा पक्राउ
सरकारी अनुदान हिनामिना, सुब्बाविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा
मालपोतका सुब्बा ढकबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारको स्टिङ अप्रेशन स् ८७ हजार घूससहित अधिकृत र सुब्बा पक्राउ
बाफरे सुब्बा साब १
वरिष्ठ पशुचिकित्सक र प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा
आक्रामक अख्तियार स् भ्रष्टाचारको आरोपमा को(को परे रु
घुसको दररेट, वर्षमा ३० करोड
भ्रष्टाचार आरोपपछि आत्महत्या
भ्रष्टाचारका उच्च जोखिमयुक्त क्षेत्र
करअधिकृतसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
प्रहरीका सुब्बा १० हजार घुससहित पक्राउ
भैरहवा मालपोतका कर्मचारी २० हजार घुससहित पक्राउ
घुससहित विचौलिया पक्राउ
भ्रष्टाचारमैत्री कानुन
कम्प्युटर अपरेटर घुससहित पक्राउ
फरेस्टर घुससहित पक्राउ
२० हजार घुससहित नापी सर्वेक्षक पक्राउ
७८ लाख घुस प्रकरणका अभियुक्त पाठक अदालतमा हाजिर
डिभिजनल वन अधिकृतसहित २० विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले पटेलको घरबाट कागजात बरामद गरेको थियो। गुप्ताले महत्त्वपूर्ण कागजात सरुवा जाँदा कानुनबमोजिम बरबुझारथ नगरी नष्ट गर्ने मनसाय राखी लुकाउने कार्य गरेको अभियोग लगाइएको छ। ठाकुर, राउत र नीरजले गुप्तालाई सहयोग गरेका थिए। उनीहरूलाई ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ। ड्राइभर पटेललाई मतियारमा सजाय माग गरिएको छ। अन्नपूर्णबाट