अखिल क्रान्तिकारीको घोषणा : जेठ ५ गते शैक्षिक हडताल

चितवन, जेठ ३/ नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी० ले संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दैविरोधमा उत्रिएको छ । बिरोधस्वरुप अखिल क्रान्तिकारीले आगामी जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ ।

संगठनका उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले वैशाख २७ गते काठमाडौँको अनामनगरबाट पत्रकार सम्मेलन चलिरहेकै अवस्थामा गिरफ्तार गरिएको जनाइएको छ । विज्ञप्तिमा गिरफ्तारमा परेका अध्यक्ष ढकाललाई रिहाइको माग पनि गरिएको छ । सोही घटनाको विरोधस्वरुप भोलि जेठ ४ गते देशव्यापी मसाल जुलुस निकाल्ने र जेठ ५ गते देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने संगठनले विज्ञप्तिमार्फत् जनाएको छ ।