दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीविहीन हुने अवस्था

काठमाडौँ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् ।
सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र गएको भनाइ स्थानीय तहका प्रतिनिधिको छ । समायोजनका क्रममा सङ्घ र प्रदेशमा धेरै दरबन्दी भएका कारण दुगर्म स्थानको स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सुगममा रोजेकाले यस्तो अवस्था आएको हो ।

स्थानीय र प्रदेश तहमा कर्मचारिलाई आकर्षित गर्न सरकारले कर्मचारी समायोजन ऐनमा तह बृद्धिदेखि ग्रेड थप समेत गर्ने निर्णय गर्यो तर पनि अहिले स्थानीय र प्रदेश तह कर्मचारीका लागि आकर्षक बन्न नसकेको हो । गोरखापत्र दैनिकमा खबर छ ।