विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु


चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध निर्देशक भुवन पौडेलले कृषि क्षेत्रको प्रर्वद्धन गर्दै यस क्षेत्रमा प्रशस्त अवसर सिर्जना गर्ने उद्धेश्यले संस्था मार्फत तयारी कक्षा संचालन भइरहेको जानकारी दिए ।
विज्ञान विषय लिई दश जोड दुई पास गरेका विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा संचालनमा ल्याइएको उनको भनाई छ । तयारी कक्षा लिइसकेपछि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थीले स्नातकतह अध्ययन गर्नुअघि तयारी कक्षा लिनुपर्नेमा उनले जोड दिए ।
संचालनको शुरुवाती क्षणबाट नै यहांँ अध्ययन गर्ने विद्यार्थीहरुहरुले ९० प्रतिशत नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष बद्री अर्यालले बताए । यहांँ अध्ययन गरेका विद्यार्थीहरुले देशका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको अर्याल को दाबी छ ।
उनका अनुसार संस्थाले कृषि, वन, भेटेरीनरी, फिसरी, खाद्यप्रविधि तथा नर्सिङ्ग विषयका तयारी कक्षाहरु संचालन गरिरहेको छ । संस्थाले डिजाइन गरेको कोर्ष ६ महिनाको रहेको छ । सो अवधिमा संस्थाले ७० वटा भन्दा बढी पूर्व तयारी परीक्षा लिने गर्दछ ।